ad ad

कारोबार


घरेलु हिंसाप्रति मौनताको अन्त्यका लागि ‘अनम्युट’ अभियान

घरेलु हिंसाप्रति मौनताको अन्त्यका लागि ‘अनम्युट’ अभियान

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ८:५३,

युनिलिभर नेपाल लिमिटेडले ‘अनम्युटः घरेलु हिंसाप्रति मौनताको अन्त्य’ अभियान सुरु गरेको छ।

महिला सहभागिता तथा लैंगिक समानता प्रति प्रतिबद्ध युनिलिभरले कार्यालय साथै समुदाय तथा राष्ट्रियस्तरमा समेत विभेद तथा हिंसा विरूद्ध परिवर्तनको आवाजलाई सदैव साथ दिइआएको छ।

यसै परिपेक्षमा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०२१ का अवसरमा आफ्नो ‘अनम्युटः घरेलु हिंसाप्रति मौनताको अन्त्य’ अभियान सुरु गरेको हो।

अभियानमार्फत यनिलिभरले घरेलु हिंसाविरुद्ध शिक्षा, सचेतना, र स्रोतहरूमा सहयोगका लागि प्रतिबद्धता जनाउँदै यस कम्पनीले आफ्ना महिला कर्मचारीहरू तथा तिनका परिवारका सदस्यकालागि समेत टोल–फ्री हेल्पलाइन, गैर सरकारी संस्था सेवाहरूको परामर्श र पहुँच, तथा प्रभावितहरूका लागि ‘सेफ लिभ’ सुविधा, लचिलो कार्य समय जस्ता विभिन्न सुविधाहरू प्रदान गर्ने जमर्को गरेको छ।

यसरी आफ्ना कर्मचारीहरूलाई घरेलु दुर्व्यवहारबाट जोगाउन र सहयोग गर्न घरेलु हिंसा र दुव्र्यवहार नीति नै बनाउने सम्भवतः पहिलो कम्पनी युनिलिभर हुन पुगेको छ।

युनिलिभर नेपालबाट घरेलु हिंसासम्बन्धी यस अडान त्यतिबेला आएको छ, जतिबेला उल्लेख्य संख्यामा यहाँका कर्मचारीहरू घरबाट नै काम गरिरहेका छन्।

घरेलु दुव्र्यवहार गोपनियतामा फस्टाउने हुँदा यस नीतिको मुख्य लक्ष आफ्ना कर्मचारीहरूले कुनै संकोचविना आफ्नो अनुभव अभिव्यक्त गर्न सक्ने वातावरण सृजना गर्नु हो। यसै विषयलाई मध्यनजरमा राखी युनिलिभर नेपाल लिमिटेडले अनम्युट अभियान अन्तर्गत भर्चुअल प्यानल छलफलको आयोजना गरेको थियो।

छलफलमा बोल्दै यसका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपालभर घरेलु दुव्र्यवहारका घटनामा भएको उल्लेख्य वृद्धिलाई यसलाई रोक्न सकियोस् भनेर सबैलाई अनम्यूट, अर्थात खुलेर आफ्ना अनुभव व्यक्त गर्न आवश्यक रहेको साझा धारणा राखे।

यो परिवर्तन हेर्न चाहने सबैले आआफ्ना ठाँउबाट स्वतस्फुर्त रूपमा स्वयम्सेवकको भूमिका खेल्नुपर्ने समेत उनले बताए। उनले सबैभन्दा पहिले हामी आफै, त्यसपछि हाम्रो परिवार हुँदै क्रमिक रूपमा समाजमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औँल्याउदै यस अभियानमार्फत दुव्र्यवहार प्रभावित व्यक्ति तथा शुभचिन्तकहरूलाई दुव्र्यवहार, हिंसा तथा विभेदको यो चक्र तोड्न र बोल्न प्रोत्साहित गर्न सम्पूर्णरूपमा सहयोग गर्ने अठोट गरे।

चेलीबेटी बेचबिखन र महिला हिंसाविरुद्धको अभियानका मुख्य अभियन्ता तथा विशिष्ट समाजसेवी अनुराधा कोइरालाले हामीले थाहै नपाई हाम्रो वरिपरि धेरै घरेलु हिंसा भइरहेको र घरेलु दुव्र्यवहारबाट गुज्रिरहेकाको समस्या पहिचान गर्न हाम्रो सामाजिक बनोटको कारणले निकै कठिन भएको बताइन्।

उनले सबैका लागि सुरक्षित समुदाय बनाउन आवश्यक वातावरण बनाउने कार्य घरबाटै थालनी गर्नुपर्ने आवश्यकता औँल्याउँदै संवेदनशील मुद्दाहरूको बारेमा बालबालिकहरूलाई सचेत गराउनुपर्ने र घरेलु हिंसा महिलामा मात्र सीमित नभएको कारण लैंगिकताका विषयमा सबैलाई सम्मान गर्नुपर्ने आवश्यकतालाई प्रकाश पारिन्।

प्यानलमा बोल्दै अधिवक्ता मञ्जु ज्ञवालीले सबैले यस विषयमा आफ्नो मौनता तोड्न तथा सत्य स्थापना गर्न पर्याप्त परिस्थितिगत प्रमाणहरू सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउदै नेपालका कानुनमा घरेलु हिंसासम्बन्धी विभिन्न प्रावधानहरू रहेको र सबैको संयुक्त प्रयासमा निश्चय पनि न्यायको विजय हुने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .