कारोबार


‘हुवावे वुमन डेभलपर्स प्रोग्राम’ कार्यक्रम सुरू

‘हुवावे वुमन डेभलपर्स प्रोग्राम’ कार्यक्रम सुरू

नेपालखबर
फागुन २६, २०७७ बुधबार ६:०,

हुवावेले आधिकारिक रूपमा हुवावे वुमन डेभलपर्स प्रोग्राम कार्यक्रम सुरू गरेको छ।

यसको उद्देश्य महिला डेभलपर्सलाई विश्वव्यापी परिवर्तन गर्नसक्ने अनुप्रयोग र उपकरणहरू सिर्जना गर्न सशक्त बनाउनु हो।

यस कार्यक्रमको उद्देश्य धेरै महिलालाई करिअर विकास र कौशल प्रशिक्षणका लागि अधिक अवसरहरू र प्लेटफर्महरू प्रदान गरेर टेक्निकल इनोवेसनमा सामेल हुन प्रोत्साहित गर्ने राखिएको छ।

कार्यक्रममा सामेल हुन विश्वभरका कुनै पनि महिला डेभलपर्सले हुवावे डेभलपर्स आधिकारिक वेबसाइटमा दर्ता गर्न सक्दछन्।

हुवावेले घोषणामा भनेको छ, ‘डिजिटल युगमा महिलाहरूलाई उनीहरूको शिक्षा र प्रशिक्षणमा पहुँच सुनिश्चित गर्न अझ बढी अवसर र समर्थन दिन आवश्यक छ, ता कि उनीहरू डिजिटल अर्थव्यवस्थामा साधारण रुपमा प्रतिस्पर्धी हुन सकून्। महिलालाई यी सीपले सुसज्जित पार्नाले सामाजिक एकीकरण र समावेशी र विविधताले भरिएको समाजलाई बढावा दिन्छ।’

हुवावेका वरिष्ठ उपाध्यक्ष चेन लिफांगले भने, ‘हामी विश्वास गर्दछौँ कि महिलाहरूले टेक्नोलोजिकल इनोवेशनको नेतृत्व गर्नेछन्। हामी आशा गर्दछौं कि ह्वावे वोमन डेभलपर्र्स प्रोग्रामले महिलाहरूलाई उनीहरूको कला र विशेष भ्यालुको राम्रो उपयोग गर्न मद्दत पु¥याउनेछ, र उनीहरूलाई नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर दिनेछ । यसले हाम्रो संसारलाई राम्रो ठाउँ बनाउनेछ।’

हुवावे वोमन डेभलपर्स प्रोग्राम, लैंगिक समानता प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धताको लागि हुवावेले लिएको सबैभन्दा नयाँ पहल हो। कार्यक्रमले सहभागीलाई प्राविधिक नवीनता र करिअर विकास मार्गहरूको प्रशिक्षणका साथै विभिन्न क्षेत्रका अत्याधुनिक प्रविधिहरूमा विशेषज्ञहरूसँग भेट्ने अवसरहरू र ह्यन्ड्स अन र परिस्थितिमा आधारित प्रयोग र अभ्यासमा सहभागी हुने अवसर प्रदान गर्दछ।

हुवावेले उक्त डेभलपर्स प्लेटफर्ममा महिला डेभलपर्सको लागि एक विशेष समुदाय सिर्जना गर्ने र अनलाइन, अफलाइन इभेन्ट्सको शृंखला आयोजना गर्ने जनाएको छ ।

शाइनिङ–स्टार कार्यक्रमको माध्यमबाट, ह्वावेले महिला विकासकर्ताहरूलाई नवीनता र उद्यमशीलतालाई प्रोत्साहित गर्न विशेष प्रोत्साहन प्रदान गर्दछ। ठूला सम्भावनाको साथ उत्कृष्ट कार्यक्रमहरू विकास गर्ने यस कार्यक्रमका सहभागीहरूले भविष्यका अभियानहरूमा प्रस्तुत हुने अवसर पाउनेछन् र अन्य आधिकारिक ह्वावे कार्यक्रमहरूमा आमन्त्रित हुनेछन्।

आजसम्म, हुवावेले आयरल्याण्ड, अर्जेन्टिना, बंगलादेश, केन्या, र दक्षिण अफ्रिका लगायत धेरै देशहरूमा महिलाहरूको लागि समान डिजिटल कौशल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सुरू गरिसकेको छ।

हु्वावेका अन्य आईसीटी प्रशिक्षण कार्यक्रम, जस्तै सिड्स फर द फ्युचरमा ३० प्रतिशतभन्दा बढी प्रशिक्षार्थीहरू महिला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .