ad ad

कारोबार


आज काठमाडौंसहित देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

आज काठमाडौंसहित देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

नेपालखबर
फागुन २२, २०७७ शनिबार २:३७,

नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललिपतुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ।

प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको हरिसिद्दि फिडरअन्तर्गत ढलोट कारखाना, हात्तीबन, एरावत टोल, धापाखेल तथा हरिसिद्दि क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत कटौती हुनेछ।

ललितपुरकै पुल्चोक वितरण केन्द्रअन्तर्गत फुलबारी चोक, भैंसेपाटी आवास क्षेत्र, महतो मार्ग, पुरानो वडा कार्यालय, ऋषि मन्दिर क्षेत्र, एक डाँडा, नक्खुडोला, तालिम केन्द्र, रेडियो नेपाल टावर, गोकुल आवास, वाई वाई चोक, खड्का गाउँ, खोकना दोबाटो, डिस होम, कार्य बिनायक हाउजिङलगायत क्षेत्रमा का क्षेत्रमा आज पोल सार्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली जानेछ।

यस्तै काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत महाराजगञ्ज कपन मार्ग पिपलबोट गंगालाल हस्पिटललगायतका क्षेत्रमा दिउँसो २ बजेदेखि ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० र २५ का विभिन्न स्थानमा पनि आज विद्युत कटौती हुँदै छ। प्राधिकरणका अनुसार चनौली अमृत चोक क्षेत्रमा अहिले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुनेछ।

यस्तै बाराको निजगढ क्षेत्रमा रहेको चुपर सवस्टेशनअन्तर्गतका क्षेत्रमा अहिले बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि विद्युत कटौती गरिएको छ।

विराटनगरको वितरण केन्द्रअन्तर्गत वडा नम्बर २,३,४,८ र ९ मा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।

यसैगरी गण्डकी प्रदेशका कास्की, म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पनि बिहान १० बजेदेखि १ बजेसम्म विद्युत कटौती गरिने हुनेछ। प्राधिकरणका अनुसार लेखनाथ सबस्टेसनमा १३२ केभी विद्युतको बस बार एक्स्टेन्स गर्नु पर्ने भएकाले विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ। 

हेर्नुहोस्, विद्युत् प्राधिकरणको सूचना :

bidutka11

posu

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .