ad ad

कारोबार


कुमारी इक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत एकाइ बिक्री

कुमारी इक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत एकाइ बिक्री

नेपालखबर
फागुन १७, २०७७ सोमबार ११:२७,

कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी इक्विटी फण्डको एकाइ खरिदको लागि कुल एकाइको ५३ प्रतिशत एकाइ बिक्री भइसकेको छ।

क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल एकाइको ५३ प्रतिशत एकाइ बिक्री भइसकेको क्यापिटलका सीओओ पुष्प शर्माले जानकारी दिएका छन्।

क्यापिटलले माघ १४ गतेदेखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड एकाइ बिक्रीमा ल्याएको हो।

फण्डले १५ प्रतिशत एकाइ कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख एकाइ सर्वसाधारणहरुलाई बिक्री गर्नलागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख

इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .