ad ad

कारोबार


सम्हालियो सेयरबजारः साढे २ अर्बले काराेबार घटे पनि सूचक २५ सय विन्दुमाथि

सम्हालियो सेयरबजारः साढे २ अर्बले काराेबार घटे पनि सूचक २५ सय विन्दुमाथि

नेपालखबर
फागुन १७, २०७७ सोमबार १०:१०,

८० अंकले घटेको भोलिपल्टै सोमबार सेयरबजार फेरि ४० अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार अघिल्लो दिन २५ सय विन्दुबाट झरेको नेप्से आज फेरि ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा रोकिएको छ।

आजको कारोबारमा २०९ कम्पनी सामेल भएका छन्। ती कम्पनीहरुको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।

दिनभरिमा ७० हजार ३ सय ३९ पटकको खरिदबिक्रीपछि कुल ५ अर्ब ६९ करोडको कारोबार भएको छ। आजको कारोबार हिजोभन्दा २ अर्ब ६६ करोडले कम हो।

कारोबार घटे पनि आज सबै १३ समूहको सूचक हरियो छ। त्यसमा जीवन बीमा र निर्जीवन बीमा हावी देखिएको छ।

सर्वाधिक कारोबार गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आज ४४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। दोस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सको ३० करोडको कारोबार भएको छ भने तेस्रो स्थानमा ग्लोबल आईएमई बैंक छ। उसको २३ करोडको कारोबार भएको छ।

यसबाहेक नबिल बैंकको २० करोडको र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १८ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कमाइमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ता अगाडि छन्। कम्पनीको सेयर ९.९० प्रतिशतले अर्थात् प्रतिकित्ता ४१ रुपैयाँ बढेको छ। यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य ८.१२ प्रतिशतले बढेको छ।

त्यस्तै वरुण हाइड्रोपावर लिमिटेडको पनि ६.७९ अंकले सेयर बढेको छ। त्यस्तै गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयर ६.१९ प्रतिशतले र आशा लघुवित्त वित्तीय संस्थाको ६.११ प्रतिशतले सेयर बढेको छ।

गुमाउने लगानीकर्ताले १.८४ प्रतिशतसम्म मात्र गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .