ह्वावेले एचएमएस इकोसिस्टमको लागि विकासकर्ता र साझेदारहरुलाई सशक्त बनाउन सिंगापुरको एशिया प्यासिफिकमा आफ्नो पहिलो डिजिक्स ल्याब खोलेको छ।
यो एक त्यस्तो कार्यक्रम हो जुन अग्रज ग्लोबल टेक कम्पनीले विविध टेक इकोसिस्टमको विकास गर्न र यस क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउनको लागि शुरु गरेको हो, ह्वावे एशिया प्यासिफिकका प्रवक्ताले बिहीबार एमडब्ल्यूसी शंघाई २०२१ को अवसरमा सञ्चार माध्यमलाई भने।
चांगी बिजनेस पार्कमा अवस्थित ह्वावेले यस क्षेत्रभरि मोबाइल इकोसिस्टमलाई बढावा दिँदै, एशिया प्यासिफिकमा बढ्दो प्रविधिकहबको रूपमा सिंगापुरको महत्वलाइ प्रयोग गरेको छ। एआर, भीआर, एचएमएस कोर किट्स र अन्य खुला प्राविधिक क्षमताहरूको साथ सुसज्जित प्रयोगशाला सबै स्तरका विकासकर्ताहरूलाई उनिहरुको मोबाइल एप विकास यात्रा दौरान सहयोग पुर्याउन डिजाइन गरिएको हो।
‘नयाँ इन्टेलिजेन्ट युगमा ह्वावेको लक्ष्य एचएमएस को साथ एक ‘१प्लस८प्लसएन’ अल–सिनारीयो मोबाइल इकोसिस्टम बनाउनु हो जसले विकासकर्ताहरूलाई उनीहरूको व्यवसाय निर्माणको लागि आविष्कार गर्न सक्षम पार्दछ। डिजिक्स ल्याबले आवश्यक अनुप्रयोग विकास टुलहरु बाट विकासकर्तालाई सुसज्जित गरी उनीहरुलाई निखार्न एक प्लेटफर्म प्रदान गर्दछ, जसले डिजिटल स्पेस को भविष्यलाई नबिन र उन्नत बनाउदछ’ जे चेन, ह्वावे एसिया प्यासिफिकका उपाध्यक्षले शंघाईमा फेब्रुअरी २३ देखि फेब्रुअरी २५ सम्म चलिरहेको मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लुसी) को दौरान एक इन्टरभ्यूमा भने।
‘कनेक्टेड इम्प्याक्ट’ हेडलाइन राखिएको एमडब्लुसी शंघाई २०२१ ले सम्पूर्ण डिजिटल इकोसिस्टमले कसरी हाम्रो जीवनलाई सुरक्षित र अझ राम्रो संसारमा रूपान्तरण गरिरहेको छ भनेर प्रदर्शन गरेको छ।
जेका अनुसार ह्वावेले एशिया प्यासिफिक क्षेत्रमा डिजिटल रूपान्तरणको गति बढाउन टेक्नोलोजी इकोसिस्टम विकास गर्न धेरै कार्यक्रममा आफ्ना साझेदारहरूसँग मिलेर काम गर्ने छ।
डिजीक्स ल्याब सँगसँगै ह्वावेले यस क्षेत्रमा आफ्नो मोबाइल इकोसिस्टम उन्नत बनाउनका लागि ह्वावे एप ग्यालेरीमा अधिक स्थानीय इन–डिमाण्ड एपहरू ल्याउने घोषणा पनि गरेको छ।
ग्लोबलडाटाको पछिल्लो तथ्यांक अनुसार २०२४ सम्ममा एसिया प्यासिफिक १.१४ अरब ग्राहकहरूको साथ ५जी टेक्नोलोजी अपनाउने सन्दर्भमा अग्रणी क्षेत्र हुने छ, जुन ग्लोबल ५जी ग्राहक को ६५ प्रतिशत हुनेछ।
आफ्नो ग्राहकहरुसँगको संयुक्त इनोभेसन र रणनीतिक साझेदारीको माध्यमबाट ह्वावेले ५जी०बी एप्लिकेसनहरू स्केल गर्न ५जी संचार र उद्योग मापदण्डको समन्वय गरिरहेको छ।
५जी इकोसिस्टम विकास गर्न ह्वावेले बैंककमा ५जी इकोसिस्टम इनोभेसन सेन्टर (ईआईसी) लाई सहयोग पु-याउन ४७५ करोड थाई भाट (करीब १.५ लाख अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको छ।

टेक कम्पनीले एसिया प्यासिफिक देशहरूमा तीन वर्ष भित्र विभिन्न भर्टिकल उद्योगहरूको लागि हरेक वर्ष ५जी सोलुसन अपनाउन १०० भन्दा बढी स्थानीय एसएमई र स्टार्टअपहरू विकास गर्न प्रतिबद्ध छ।
‘यो ५जी ईआईसी विभिन्न उद्योगहरूमा ५जी एप्लिकेसन र सेवाहरूको डिजिटल इनोभेसनको लागि स्यान्डबक्सको रूपमा रहेको छ। यी इनोभेसनहरुले एसएमई, स्टार्टअप र शैक्षिक संस्थाको लागि थाइल्याण्ड ४.० हासिल गर्ने र आसियान क्षेत्रमा डिजिटल हब निर्माण गर्ने मार्ग बनाउने छ र नयाँ व्यवसायको अवसर सिर्जना गर्नेछ’ नेसनल डिजिटल इकोनोमी एण्ड सोसाइटी कमिसन थाइल्याण्डका महासचिव भन्नापर्न देहस्टिनले भने।
‘यो लक्ष्य सार्वजनिक र निजी क्षेत्रहरू दुबै आन्तरिक र अन्तर्राष्ट्रिय स्तरको सहकार्यबाट हासिल गर्नु पर्दछ। सँगै मिलेर हामी चुनौतिहरु पार गर्न र राम्रो भविष्य निर्माण गर्न सक्छौं’ उनले भने।
स्टार्टअप इकोसिस्टमको लागि ह्वावे एशिया प्यासिफिकले २०२० मा सिंगापुरमा स्पार्क कार्यक्रम शुरू गरेको छ जुन ५जी, मेशिन लर्निङ एण्ड एनालाइटिक्स, आईओटी, मोबाइल एज कम्प्यूटिङ र मोबाइल एण्ड सास एप्लिकेसनको प्रयोगबाट डिप टेक स्टार्टअपलाई सहयोग पुर्याउनको लागि रहेको छ। यस कार्यक्रमले ७५ देशहरुबाट ५०० भन्दा बढि स्टार्टअपहरू सम्बद्ध गरेको छ।
डिजिटल अर्थव्यवस्थाको द्रुत विकासको अर्थ एशिया प्यासिफिक क्षेत्रमा आईसीटी प्रतिभाको सम्भावित अभाव पनि हो। ह्वावे एकेडेमी, आईसीटी सर्टिफिकेसन र सिड फर द फ्युचर जस्ता परियोजनाहरू मार्फत ह्वावेले आगामी पाँच वर्षमा कम्तिमा २,००,००० आईसीटी प्रतिभालाई प्रशिक्षण दिन मद्दत गर्ने छ।
‘इकोसिस्टम सहकार्यको युगमा प्रतिस्पर्धाको प्रबन्ध गर्नु भन्दा सहयोगको प्रबन्ध गर्नु बढी महत्वपूर्ण हुन्छ। यस कुरालाई ध्यानमा राख्दै ह्वावेले पूर्ण रूपमा कनेक्टेड इन्टेलिजेन्ट एशिया प्यासिफिक निर्माणको लागि विविध र समृद्ध इकोसिस्टम बनाउन लगानी बढाउने छ’ जे चेनले भने।
१९८७ मा स्थापित ह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो। यससँग १९४,००० भन्दा बढी कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छौं, विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्दछौं।

प्रतिक्रिया