कारोबार


महिलाको अपमान गरेको आरोप लागेपछि चीनको चर्चित ‘सेक्सी टि सप’ले माग्नुपर्‍याे माफी

महिलाको अपमान गरेको आरोप लागेपछि चीनको चर्चित ‘सेक्सी टि सप’ले माग्नुपर्‍याे माफी

नेपालखबर
फागुन १०, २०७७ सोमबार १३:१४,

चीनमा एक चर्चित चिया कम्पनीले आफ्नो उत्पादनमा यौनजनित नारा लेखेपछि माफी माग्नुपरेको छ।

‘सेक्सी टि सप’ले आफ्नो गिलासमा महिलाका लागि ‘वार्तालाप’ शब्द प्रयोग गरेको थियो। साथै यो पनि लेखिएको थियो– ग्राहकले पेय पदार्थ मगाउँदा महिला पनि छनोट गर्न सक्नेछन्।

उक्त सपले पहिले पनि आफ्नो टि ब्यागमा नारा राखेको थियो– मास्टर आई वान्ट यु अर्थात् गुरु, म तपाईंलाई चाहन्छु। साथमा भ्यागुताको बच्चाको तस्बिर पनि राखिएको थियो, जसको आकार शुक्राणुजस्तो देखिन्थ्यो।

सपले पछि भन्यो- त्यसको उद्देश्य महिलाको अपमान गर्नु थिएन।

sexyteashop1

सेक्सी टि सपले भर्खरै आफ्नो गिलासको नयाँ स्वरूप निकालेको थियो, जसमा हुनान प्रान्तको राजधानीमा मुख्य रूपमा बोलिने भाषामा नारा लेखिएका थिए। 

गिलासमा धेरैवटा स्थानीय लोकोक्ति लेखिएका थिए, जसमध्ये एउटा थियो– चिआन लु जेई, जसलाई सस्तो सम्झौताका लागि प्रयोग गरिन्छ।

त्यसपछि कम्पनीले उदाहरण दिँदै भन्यो, यस पंक्तिलाई एक वाक्यमा यसरी प्रयोग गर्न सकिन्छ-  जब म बबल चिया खरिद गर्न गएँ, तब त्यहाँ निकै सुन्दर युवती थिए। तपाईं यस्ता केटी भेट्नुहुन्छ, मित्रभावका साथ भन्न सक्नुहुन्छ– मैले कुराकानी गरें।

जुन गिलास चिनियाँ सामाजिक सञ्जाल विबोमा भाइरल भयो र खुब आलोचना भयो।

एक जनाले लेखे, ‘यो निम्नस्तरको मार्केटिङ हो।’

अर्काले लेखे, ‘त्यो नारा अपमान गर्ने खालको छैन, तर कम्पनीले जुन उदाहरण दिएको छ, त्यो अपमानजनक छ, मार्केटिङ टिमका कसैलाई पनि यो गलत लागेन?’

यसपछि कम्पनीले लामो वक्तव्य जारी गर्दैै त्यस्तो नारा प्रयोग गरेकामा क्षमा माग्यो। वक्तव्यमा भनियो, ‘हामीले एकदमै अनुचित वाक्य प्रयाेग गर्‍याैँ, जसले स्थानीय भाषामा पनि मानिसले स्वीकार गरेनन्...हामी धेरै लज्जित छौं। हामीले महिलाको अपमान बिलकुल गर्न खोजेकाे थिएनौं।’

अगाडि भनियाे, ‘हामी त्यसरी बनाइएका गिलास तुरुन्त फिर्ता लिन्छौं र यस कुरालाई गम्भीरतापूर्वक मनन गर्छाैं।’

प्रयोगकर्ताले याे पनि भने-  सेक्सी टि सपले आफ्नो मार्केटिङ गर्ने क्रममा यसरी उखानलाई यौनजनित तरिकाले प्रयाेग गरेकाे यो नै पहिलोपटक होइन। 

धेरै मानिसले भने-  टि ब्यागमा जुन भ्यागुताको बच्चाको तस्बिर प्रयोग गरिएको छ, त्यो हेर्दा शुक्राणुजस्तो देखिन्छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .