ad ad

कारोबार


दराज हाट बजार : खेल एक रुपैयाँको, पुरस्कार हजारौंको

दराज हाट बजार : खेल एक रुपैयाँको, पुरस्कार हजारौंको

नेपालखबर
फागुन ९, २०७७ आइतबार १०:३७,

नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले फागुन ११ (मंगलबार) देखि दराज हाट बजार सुरु हुने घोषणा गरेको छ। यस अभियानका साथ दराजले ग्राहकहरुको लागि महाडील, शून्य ब्याजमा सजिलो मासिक किस्ता (ईएमआई), खेल १ रूपैयाँको, निः शुल्क वितरण, निः शुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ।

यसका साथै ग्राहकहरुले दराज हाट बजारमा ५ लाख भन्दा बढी उत्पादनहरू उत्तम मूल्यमा पाउनेछन् जसमा हरेक प्रकारका लुगा कपडा, नयाँ ग्याजेट, किराना, इत्यादी सामानहरू पर्दछन्।

दराज हाट बजारमा प्रदर्शित ‘खेल १ रुपैयाँको’ गेममा भाग लिए ग्राहकहरुले रु १९ हजार ९९९ मूल्यको नयाँ ‘मोटोरोला जी प्ले’ जस्ता पुरस्कार केवल १ रुपैयाँमा जित्न सक्नेछन्। यस बाहेक ग्राहकहरुले रु १५ हजार ९९० मूल्यको ‘अनर वाच म्यगिक’ घडी, साथै रु २१ हजार ७२५ पर्ने आकर्षक ‘तीन सेटको कामिलिंत जक सफ्ट साइड स्पिनर सुटकेस’ पनि जित्न सक्नेछन्। यी सहित रु ७ हजार ८४५ पर्ने ‘छ महिनाको डिश होम इन्टर्नेट प्याकेज’ पनि जित्न सकिन्छ।

साथै अन्य उत्पादनहरु पनि रहेका छन्। खेलमा भाग लिन ग्राहकहरूले बैंक कार्ड मार्फत माथि तोकिएको समानहरुलाई दराज एपमा दिइएको भाउचर कोड प्रयोग गरि १ रुपैयाँमा भुक्तानी गर्न सक्दछन्। यदि जितेनन् भने रकम फिर्ता हुनेछ।

किनमेललाई सुविधाजनक बनाउन दाराजले नेपालका ४ अग्रणी बैंकहरूः एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकसँग साझेदारी गरि सजिलो मासिक किस्ता सेवा (ईएमआई) सुुरू गरेको छ। माथि उल्लेखित बैंकका ग्राहकहरूले उनीहरूको क्रेडिट कार्डको साथ आफूलाई मनपरेको उत्पादनहरू शून्य ब्याज र शून्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन्।

यसबाहेक, ग्राहकहरूले दराज बैंक डेज छूट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्रीपेमेन्ट गर्दा थप १५ प्रतिशत (रु ५०० सम्म) छुट् पाउन सक्छन्। यो अफर प्रत्येक दिन एकल बैंकमा सीमित छ। बैंक डेज अनुसार आइतवारः सिद्धार्थ बैंकबाट १५ प्रतिशत सम्म (अधिकतम रु ५००) छुट पाइनेछ भने सोमबारः सानिमा बैंक, बुधवारः एनआईसी एशिया बैंक, शुक्रवारः नबिल बैंक र शनिवारः स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १० प्रतिशत सम्म (अधिकतम रु ५००) छूट पाउन सकिनेछ।

साथै उच्च मागका कारण, दराजले आफ्नो वितरण सेवा उपत्यका बाहिरका २० नयाँ स्थानहरुमा विस्तार गरेको छ। यसकारण सुरक्षित र सजिलो अनलाईन किनमेलका फाइदाहरू अनुभव गर्न यो अभियान नयाँ प्रयोगकर्ताहरूको लागि उत्कृष्ट सुरूवात हुनेछ। नयाँ स्थानहरुमा बर्दिबास, भीमदत्त (महेन्द्रनगर), छिरेश्वरनाथ, दमौली, देवदह, गैँडाकोट, कलैया, कपिलवस्तु, कावासोती, खैरहनी, लहान, लेखनाथ, लुम्बिनी सांस्कृतिक, रामग्राम, राप्ती, रत्ननगर, सैनामैना, सुनवाल, तिलोत्तमा र जलेश्वर रहेका छन्।

साथै, दराजका सबै नयाँ प्रयोगकर्ताहरूले रु २०० मूल्य भएको पहिलो अर्डर भाउचर निः शुल्क पाउनेछन्। यो केवल नयाँ प्रयोगकर्ताहरुको लागि मात्र हो। यो दराज एप पहिलो चोटी खोल्दा पाइन्छ र रु दुई हजार वा अधिकको समान खरिद गर्दा प्रयोग गर्न मिल्छ। हाट बजारमा नयाँ प्रयोगकर्ताले अतिरिक्त भाउचरहरू जित्ने मौका पनि प्राप्त गर्नेछन्।

निः शुल्क वितरण, निः शुल्क भाउचरहरू, र बैंक डेज छुट, र नयाँ ग्राहकलाइ थप छूट हुने भएकोले हाट बजार दराजबाट अनलाइन किनमेल गर्नको लागि उत्तम समय हो।

हाटबजारको लागि उत्साहित दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङ्गले भने, ‘ईएमआइ सेवाको सुरुवात, साथै अन्य थुप्रै अफरहर, र नेपालको धेरै नयाँ स्थानहरुमा दराजको होम डेलिभरी सेवा विस्तार भएकोले दराज हाट बजार दुवै नयाँ र पुराना दराज प्रयोगकर्ताहरुको लागी दराजबाट अनलाइन किनमेल गर्न उत्तम समय हो। अहिलेको कठिन समयमा धेरै साना र मध्यम आकारका उद्यमहरू (एसएमई) दराजमा विक्रेता बनेर आय आर्जनको नयाँ प्रवाह प्राप्त गरेका छन्। मलाई आशा छ कि यस अभियानले सबै एसएमई हरुलाई अत्यावश्यक बृद्धि पाउन सहयोग गर्नेछ।’

ग्राहक तथा कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न, दराज अझै पनि सबै भन्दा राम्रो स्वच्छता अभ्यासहरु पछ्याउँदै छ। त्यस्तै गरी, ग्राहकहरूलाई समान खरीद गर्न अघि सँधै उत्पादनको र विक्रेताको रेटिङ र रिभ्यु जाँच गर्न सल्लाह दिइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .