ad ad

कारोबार


सेयरबजारः नेपाल बैंकको ६१ करोडको कारोबार, निफ्राको सेयर झन् बढ्याे

सेयरबजारः नेपाल बैंकको ६१ करोडको कारोबार, निफ्राको सेयर झन् बढ्याे

नेपालखबर
फागुन ९, २०७७ आइतबार ९:४४,

साताको पहिलो कारोबार दिन आज सेयरबजार झिनो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ३.६६ अंकले बढेको हो। सेन्सिटिभ सूचकचाहिँ आज २.२० अंकले घटेको छ। आज बढेसँगै नेप्से परिसूचक २६४०.३५ विन्दुमा पुगेको छ।

बजारमा दिनभरिमा २०७ कम्पनीहरु कारोबारमा सामेल भएकामा २ करोड ४३ लाख कित्ता सेयर बिक्री भएको छ। ९३ हजार ३९ पटकको खरिदबिक्रीपछि ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कुल कारोबार भएको छ।

आज जीवन र निर्जीवन बीमा सूचक उच्च अंकले घटे भने विकास बैंक, जलविद्युत् र अन्य समूह केही हरियो देखिए। १२ मध्ये ६ समूहको कारोबार सूचक रातो र ६ समूहको हरियो भएको नेप्सेले जनाएको छ।

आज सातवटा कम्पनीको सकारात्मक सर्किट ब्रेक लागेको छ। यसमा माथिल्लो तामाकोशी, शिवश्री हाइड्रोपावर लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्स र एनआईसी एसिया ब्यालेन्स्ड फन्डका लगानीकर्ताहरुले आज कमाएका हुन्।

आज गुमाउने लगानीकर्ताले ३.३७ प्रतिशतसम्म गुमाएका छन्।

आज नेपाल बैंक लिमिटेडको सर्वाधिक ६१ करोड ४२ लाखको कारोबार भएको छ। बैंकको सेयर मूल्य भने ४६० रुपैयाँ प्रतिकित्ता छ। त्यस्तै दोस्रो सर्वाधिक कारोबार गरेको निफ्राकाे ५३ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भयो। भर्खरै सेयरबजार प्रवेश गरेको कम्पनीको निरन्तर सेयर मूल्य उकालो लागिरहेको छ। आज अन्तिम मूल्य प्रतिकित्ता ६ सय रहेको छ।

यसपछि ग्लोबल आईएमईको ३० करोड ९२ लाखको, एनआईसी एसिया बैंकको ३० करोड ४४ लाखको सेयर कारोबार भएको छ। आज ६७ कम्पनीको सेयर मूल्य बढे पनि १०३ कम्पनीको घटेको र चारवटाको यथा मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .