ad ad

कारोबार


भैरहवा क्षेत्रमा चल्ने इ-रिक्सामा क्यूआर कोड

भैरहवा क्षेत्रमा चल्ने इ-रिक्सामा क्यूआर कोड

प्रकाश न्यौपाने
फागुन ६, २०७७ बिहिबार १३:२०,

भैरहवा क्षेत्रमा संचालित इ–रिक्साहरुमा क्यूआर कोडबाट भूक्तानी शुरु गरिएको छ।

नेपालमा डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पु-याउने उद्देश्यकासाथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणाली सुरु गरेको हो। बिहीबार नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले कार्यक्रम शुभारम्भ गरेका हुन्।

नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सहज र सर्वसाधारणको पहुँचसम्म पु-याउन राष्ट्र बैंकले अभियानको रुपमा सुरु गरेको फूँयालले बताए। यसबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा सबैलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न आग्रह गरे। कार्यक्रममा शाइन रेसुङ्गा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले डिजिटल भुक्तानी प्रणालीमा बैंकले यस क्षेत्रका स–साना ब्यपारीहरुलाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको बताए।

राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपानेले क्यूआर कोड प्रणालीमा सबैलाई आबद्ध हुन आग्रह गर्दै यस क्षेत्रका बैंक वित्तीय संस्थाहरु र ब्यापारीहरुलाई क्यूआरकोड भुक्तानी प्राणालीको जानकारी र प्रयोगको बारेमा राष्ट्र बैंकले सहजीकरण गरिरहेको बताए। आगामी दिनमा स–साना तरकारी पसल, फलफूल पसल, किराना पसलहरु र लोकल बसहरुमा पनि क्युआर कोड लागू गर्दै नगदरहीत कारोबारलाई बढाउँदै लैजाने उनले बताए।

रिक्सा चालक संघका अध्यक्ष हरिबहादुर नेपालीले भैरहवामा संचालित सबै इ–रिक्साहरुमा क्रमशः क्यूआर कोड भूक्तानी लागू गरिने बताए। उक्त कार्यक्रममा इ–रिक्सा चालक संघका पदिधिकारी, इ–रिक्सा चालकहरु र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका कर्मचारीहरुको उपस्थिति थियो। भैरहवा क्षेत्रमा करिब दुईसय पचास इ–रिक्सा चालकहरु संघमा आबद्ध भई सञ्चालनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .