सन् २०२० मा अमेरिकालाई पछाडि पार्दै इयूको ठूलो व्यापार साझेदारको रुपमा चीन उदाएको हो।
कोरोना भाइरस महामारीका कारण चीनले इयूसँग अमेरिकाभन्दा बढी व्यापार गर्न सकेको बताइएको छ।
बीबीसीका अनुसार गतवर्ष चीन र इयूबीच ७०९ अर्ब अमेरिकी डलरको कारोबार भयो।
इयू र अमेरिकाबीच भने ६७१ अर्ब अमेरिकी डलरको कारोबार भयो जुन चीनसँगको कारोबार भन्दा कम हो।
गतवर्षको पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धिदर घटेको थियो। कोरोनका कारण देशव्यापी लकडाउन हुँदा आर्थिक कारोबार ठप्प भएका थिए।
तर चाँडै चीनले कोरोनालाई नियन्त्रणमा लिनसक्यो। विश्व ठप्प भएको अवस्थामा चीन खुला भइसकेको थियो।
यसबीचमा इयूबाट तीव्र रुपमा माग बढेपछि चीनले इयूसँग राम्रो कारोबार गर्नसकेको हो।

6
Shares

प्रतिक्रिया