बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकलाई प्रदान गर्दै आइरहेको इन्टरनेट बैंकिङ्ग सेवा बीओके क्लिकको स्तरोन्नति गरेको छ।
विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप गर्दै उच्चस्तरको परिमार्जित इन्टरनेट बैंकिङ्ग सेवा बीओके क्लिक आफ्ना संस्थागत ग्राहकमाझ बैंकले ल्याएको हो।
यसअन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आईपीएस सुविधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने बैंकले जनाएको छ।
यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टि लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकमहानुभावहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको बैंकको भनाइ छ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया