उपभोक्ता टेक्नोलोजी संघले आयोजना गर्ने वार्षिक ट्रेड शो सीईएसमा सन् २०२१ को अधिकांश अवार्ड एलजीले जितेको छ।
संयुक्त राज्य अमेरिकाको नेन्वाडा विन्चेस्टरको लास भेगास कन्भेन्सन सेन्टरमा जनवरीमा आयोजित यस कार्यक्रममा उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा नयाँ उत्पादन र टेक्नोलोजीहरु प्रस्तुत गरेको थियो।
सन् २०२१ सीईएसको डिजिटल प्रतियोगिता अन्तर्गत धेरै जसो अवार्डहरु एलजी इलेक्ट्रोनिक्सले हात पारेको छ। प्रविधिको उधोगहरुकालागी यो एक मुख्य निर्णायिक श्रेणी मानिन्छ।
यस सीईएसमा १० हजारभन्दा बढी उत्पादनकर्ताहरुको सहभागिता रहेको थियो । यस विशेष कार्यक्रममा आफ्ना घरयासी सामानहरु, मनोरंजन, आइटि र मोबाइल विधामा १९० भन्दा बढी पुरस्कारहरुबाट सम्मानित भएको छ।
एलजीलाई यो पहिचान र सम्मान इनग्याजेटको बेस्ट अफ सीईएस अवार्ड ९सीईएसको आधिकारिक अवार्ड कार्यक्रम० ले दिलाएको हो। टिभीको श्रेणीमा एलजी ओलेड ले लगातार सातौ वर्षमा पनि अवार्ड हात पार्यो भने उत्कृस्ट फोन तथा मोबाइल डीभाइसमा एलजी रोलेबल स्मार्ट फोनले उपाधिहरु हासिल गर्यो। त्यसैगरी एलजीको नया इन्स्टाभ्यु डोर इन डोर रेफ्रिजेरेटरले घरयासी सामानहरुको विधामा अवार्ड हात पार्याे।
प्रविधिमा नवीनताका लागि सीटीएको आधिकारिक अवार्ड कार्यक्रममा एलजीले सीईएस इन्नोवेसन अवार्डहरु पनि हासिल गरेको छ। उक्त अवार्डहरु एलजीको सी१ ओलेड टिभी र इन्स्टाभ्यु थिन रेफ्रिजेरेटरलाई प्रदान गरिएको हो।

प्रतिक्रिया