कारोबार


सेयरबजारमा दिनमै हुनथाल्यो साढे १० अर्बको कारोबार, ३४ खर्ब पुग्यो बजार पुँजीकरण

सेयरबजारमा दिनमै हुनथाल्यो साढे १० अर्बको कारोबार, ३४ खर्ब पुग्यो बजार पुँजीकरण

नेपालखबर
माघ २६, २०७७ सोमबार १०:४१,

सेयरबजारमा पुँजीकरण ३४ खर्ब रुपैयाँ नाघेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार ३४ खर्ब ५२ अर्ब २७ करोड रुपैयाँको बजार पुँजीकरण पुगेको हो।

बजारमा मात्रै ११ खर्ब ९० अर्ब रुपैयाँको तरलता रहेको नेप्सेले जनाएको छ।

यसैबीच, साताको दोस्रो कारोबार दिन नेप्से ३७.४८ अंकले बढेको छ। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ पनि आज ७.२८ अंकले उकालो लागेको छ।

नेप्सेका अनुसार आज २०६ कम्पनीको २ करोड कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ९२ हजार ७९ पटकको कारोबारसँगै आज कारोबारमा कीर्तिमान कायम भएको छ।

आजमात्रै १० अर्ब ६१ करोड ९१ लाखको सेयर किनबेच भएको हो। आजको कारोबार अहिलेसम्मकै उच्च हो। हिजो १० अर्ब ४४ करोडको सर्वाधिक कारोबार भएर नयाँ कीर्तिमान बनेकामा आज त्योभन्दा माथि कारोबार भएको नेप्सेले जनाएको छ।

आज १२ मध्ये ७ समूहको कारोबार सूचक हरियो हुँदा बाँकी रातो भएका छन्। आज जीवन बीमा, विकास बैंकहरुको कारोबार बढेको हो।

कारोबारकर्तामा भने प्रभु बैंकले सबैलाई उछिनेको छ। बैंकको ६२ करोडको कारोबार भएको हो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ७९ लाखको, नबिल बैंकको ३३ करोड ४४ लाखको, डिप्रोस्क लघुवित्तको ३३ करोड १२ लाखको, ग्लोबल आईएमई बैंकको २९ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

आज ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। कम्पनीको सेयर ९.९२ प्रतिशतले बढेपछि उनीहरुले प्रतिकित्ता ९८ रुपैयाँ कमाएका हुन्। त्यस्तै प्रभु बैंकको पनि सेयर मूल्य आज ९.१७ प्रतिशतले बढेको छ। प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको पनि सेयर ८.७७ प्रतिशतले बढेको छ। यसबाहेक सनराइज बैंकको ८.४५ प्रतिशतले र माछापुच्छ्रे बैंकको ८.४५ प्रतिशतले सेयर बढेको छ।

गुमाउनेमा भने हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ता छन्। उनीहरुले प्रतिकित्ता ६.७८ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ। यसबाहेक उन्नति सहकार्य लघुवित्तको सेयर ६.७८ प्रतिशतले, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ५.४७ प्रतिशतले, सिभिल लघुवित्त वित्तीय संस्थाको ५.११ प्रतिशतले सेयर मूल्य घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad