कारोबार


११ विमान कम्पनीले तिरेनन् करोडौँ बक्यौता, कालोसूचीमा राख्ने प्राधिकरणको तयारी

११ विमान कम्पनीले तिरेनन् करोडौँ बक्यौता, कालोसूचीमा राख्ने प्राधिकरणको तयारी

नेपालखबर
माघ २६, २०७७ सोमबार ७:४१,

नेपाल नागरिक उड्डयन प्राधिकरणले ११ कम्पनीलाई बक्यौता रकम बुझाउन सूचना जारी गरेको छ।

प्राधिकरणले सञ्चालनमा नरहेका ११ एयरलाइन्सविरुद्ध बक्यौता ३० दिनभित्र बुझाउन सूचना जारी गरेको हो।

प्राधिकरणले दीपमणि राजभण्डारी, दिपकराज कोइराला, अनुप शमशेर जबरालगायत सञ्चालक रहेका नेकोन एयरलाई ४ करोड ७० लाख ६० हजार बक्यौता रकम तिर्न भनेको छ।

मणिन्द्रलाल रञ्जितकारको शिवानी एयरको ५५ लाख, क्याप्टेन प्रदिपमान सिंह, सुरेन्द्र बहादुर मल्ल, महेश्वर भक्त श्रेष्ठको अल्पाइन एयरको ७२ हजार बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ।

त्यसैगरी प्रज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ सञ्चालक रहेको गोरखा एयरको २० लाख ३५ हजार, नारायणसिंह पुनको कर्णाली एयर १७ लाख, प्रज्ञान शमसेर जवरा, शिवेन्द्र बहादुर बस्नेतको माउन्टेन एयरको १२ लाख ७३ हजार, रविन्द्र प्रसाद प्रधान सञ्चालक रहेको कस्मिक एयरको ३ करोड ४७ लाख बक्यौता बाँकी रहेको प्राधिकरणले उल्लेख गरेको छ।

त्यस्तै महेशमान सिंह, रञ्जु सिंह, किशोर सिलवाल लगायत सञ्चालक रहेको सांग्रिला एयरको १५ लाख ३७ हजार, आंग छिरिङ शेर्पा, मेम्बा शेर्पा, लगाएतको स्काईलाइन एयरवेजको १५ लाख ५० हजार, प्रज्वल श्रेष्ठ, उज्जल श्रेष्ठ सञ्चालक रहेको एयर काष्ठमाण्डपको ७ लाख ३८ हजार र प्रदिप जंग राणाको नेपाल एयरवेजको ५५ लाख बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले १ महिना भित्र बक्यौता चुक्ता नगरे भविष्यमा हवाइ सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बन्धित कुनै किसिमको काममा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad