कारोबार


यस्तो छ, नेपाल टेलिकमको अबको रणनीति

यस्तो छ, नेपाल टेलिकमको अबको रणनीति

नेपालखबर
माघ २२, २०७७ बिहिबार ११:४७,

नेपाल टेलिकमले १७ औं वार्षिक उत्सवको अवसरमा आफ्नो भावी योजनाहरु सार्वजनिक गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो वर्ष गर्नुपर्ने ८ वटा रणनीतिक योजना सार्वजनिक गरेका हुन्।

अधिकारीले नेपाल टेलिकमले आगामी दिनमा पुरा गर्नुपर्ने योजनाहरुको खाका तयार गरेको जानकारी दिँदै त्यसलाई सम्पन्न गर्नुपर्ने चुनौतीहरु रहेको बताए।

उनका अनुसार चालु आयोजनाहरुलाई स्वीकृत कार्ययोजना अनुसार समयमा नै सम्पन्न गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने योजना रहेको, मर्मत सम्भारलाई थप वैज्ञानिक र भरपर्दो बनाउने र नेटवर्क एभिएविलिटी बढाई गुणस्तलाई सुनिश्चित गरिने, जीआइएस मार्फत पूर्वाधारहरुको अभिलेखिकरण तथा सो को प्रयोगबाट योजना तथा कार्यान्वयनमा प्रभावकारीता कायम गरिने, ड्राइभरलेस आप्टीमाइजेशन मार्फत मोबाइल सेवाको गुणस्तरलाई निरन्तर अनुगमन तथा सुधार गरिने, डिजिटल प्लेटफर्म मार्फत सेवा प्रवाह, गुनासो व्यवस्थापन लगायतका कार्यहरु गर्ने, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसंचार प्राधिकरणको सहकार्य र सहमतिमा दूरसंचार पूर्वाधार सेवा प्रदायक कम्पनी गठन गरी संचालन गर्ने र पूर्बाधारको सहप्रयोग मार्फत लागत कम गराई सेवालाई सस्तो बनाउन कम्पनी अग्रणि भूमिका निर्वाह गर्ने योजना रहेका छन्।

त्यस्तै गरि कम्पनीको कार्यशैली र व्यवस्थापकीय सुधार गर्नका लागि रणनैतिक साझेदार भित्र्याउन पहल गर्ने, सबै स्थानीय निकायहरुमा ब्रोडलयाण्डसेवा पुर्याई डिजिटल डिभाइड कम गर्दै डिजिटल लिट्रेसीलाई प्रोत्साहन गर्ने वातावरण तयार गर्ने नेपाल टेलिकमले जनाएको छ।

आगामी दिनमा गर्नुपर्ने रणनीतिहरुमा विग डाटा, आर्टिफिसियल इन्टिलाइजेशनको प्रयोग मार्फत सेवालाई बढि ग्राहक मैत्री बनाइने छ।

आइभ जी सेवा सञ्चालनको लागि परीक्षण तथा अध्ययन गर्ने र व्यावसायिक सञ्चालनको लागि प्रारुप तयार गर्ने योजना समेत रहेको अधिकारीले जानकारी गराए।

कम्पनीको १७ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले आजदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधा सहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको शुरुवात गरेको छ।

एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाईफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले सीपीई प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्ने टेलिकमले जानकारी गराएको हो।

हाल यो सेवा प्रतिमहिना ९ सयमा ६० जिबी, १५ सयमा १२० जिबी र वार्षिक ९,६०० सयमा ७२० जिबी र १६,००० मा १,४४० जिबी उपलब्ध जानाकारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad