कारोबार


सिमेन्स इनर्जी कम्पनीले सात हजार ८०० कर्मचारी कटौती गर्ने

सिमेन्स इनर्जी कम्पनीले सात हजार ८०० कर्मचारी कटौती गर्ने

नेपालखबर
माघ २०, २०७७ मंगलबार ८:१३,

विश्वभर तिब्र रुपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नु परेको कम्पनीले जनाएको छ।

दिर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको प्रतिस्पर्धात्मक क्षमता बढाउने उद्देश्य राखिएको कम्पनीको भनाई छ।

कम्पनीले ग्यास र विद्युत ऊर्जा क्षेत्रमा कार्यरत कर्मचारी हटाउने तयारी गरेको हो।

सिमेन्समा हाल विश्वभर करिब ९० हजार व्यक्ति कार्यरत छन्। प्रस्ताव अनुसार जर्मनीमा तीन हजार, संयुक्तराज्य अमेरिकामा एक हजार ७०० र अन्य स्थानमा कार्यरत तीन हजार १०० व्यक्ति रोजगारी कटौतीमा पर्नेछन्।

सन् २०२५ को वित्तीय वर्षबाट कटौतीमा पर्ने कर्मचारीहरुमध्ये मुख्यगरी व्यवस्थापन, प्रशासन र बिक्रीतर्फका रहेका छन् । रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad