ad ad

कारोबार


भारतमा विदेशी कम्पनीको पक्षमा लबिङमा किन सक्रिय भयो अमेरिकी ग्रुप?

भारतमा विदेशी कम्पनीको पक्षमा लबिङमा किन सक्रिय भयो अमेरिकी ग्रुप?

नेपालखबर
माघ १७, २०७७ शनिबार १७:६,

एउटा अमेरिकी समूह भारतलाई विदेशी लगानीसम्बन्धी कानुन कसिलो नबनाउन लबिङमा सक्रिय भएकाे छ।

अमेजन, वालमार्टको प्रतिनिधि समूहले पुनः विदेशी अनलाइन वाणिज्य कम्पनीलाई कडाइ नगर्न लबिङ गर्दै पठाएको पत्र आफूले पाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

भारतले यससम्बन्धी कानुन परिमार्जनको तयारी गरिरहँदा लबिङ समूह सक्रिय भएको हो। भारतीय व्यापारीहरुले अमेजनको इन्डियन डिभिजन र वालमार्टको फ्लिपकार्टले लगानी नियन्त्रणको प्रावधान छलेर संरचनात्मक जटिलता सिर्जना गरेको गुनासो गरेपछि भारत सरकारले यससम्बन्धी कानुन परिमार्जनको तयारी गरिरहेको छ।

अमेरिकी कम्पनीहरुले भने भारतीय व्यापारीको उक्त आरोपको अस्वीकार गरेका छन्। भारतले विदेशी इ–कमर्स कम्पनीलाई मार्केटप्लेसको रुपमा क्रेता र बिक्रेता जोड्ने माध्यमको लागि मात्रै सञ्चालन गर्न दिएको छ। तर भारतीय व्यापारीहरुले भने अमेरिकी कम्पनीहरुले सीमित बिक्रेतालाई मात्रै छान्ने र प्रवर्द्धन गर्ने तथा व्यापक छुट दिने गरेकाले साना स्थानीय खुद्रा बिक्रेताको व्यवसायमा हानि गरेको आरोप लगाउँछन् ।

सन् २०१८ मा भारतले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्राावधान परिवर्तन गरेको थियो। विदेशी कम्पनीहरुलाई बिक्रेतामार्फत मात्रै उत्पादन अफर गर्न पाउने बनाइएको थियो। अहिले फेरि उक्त प्रावधान कडाइ गर्नेबारे भारतले पुनर्विचार गरिरहेको छ।

यसमा त्यस्ता बिक्रेतालाई समावेश गरिनेछ जसमा विदेशी कम्पनीको अप्रत्यक्ष सेयर स्वामित्व रहेको हुन्छ। तर यसले अमेजनलाई अप्ठ्यारो पर्नसक्नेछ। किनकि कम्पनीले आफ्ना दुई ठूला क्लाउडटेल र अपारियो बिक्रेतामा अप्रत्यक्ष सेयर स्वामित्व लिएको छ ।

रोयटर्सले यसबारे एक महिनाअघि नै समाचार लेखेको थियो। त्यही समाचारलाई आधार मान्दै अमेरिका भारत बिजनेस काउन्सिलले भारत सरकारलाई जनवरी २८ मा पत्र लेख्दै कानुनी प्रावधान परिवर्तन नगर्न भनेको छ।

अमेरिकी चेम्बर अफ कमर्सको एउटा हिस्सा मानिने काउन्सिलले कानुन परिवर्तनले विदेशी इ–कमर्स कम्पनीलाई फस्टाउन रोक्ने बताएको छ । काउन्सिलले भारतको उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धन विभागलाई यसमा सहजीकरण गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .