कारोबार


सुनकोशी डाइभर्सन आयोजना स्थलका स्थानीय आन्दोलित

सुनकोशी डाइभर्सन आयोजना स्थलका स्थानीय आन्दोलित

नेपालखबर
माघ १६, २०७७ शुक्रबार १४:९,

सुनकोशी मरिन डाइभर्सन आयोजना स्थलका स्थानीय माझी बस्ती आन्दोलित भएका छन्।

सरकारले महत्वपूर्ण आयोजना भन्दै अगाडि बढाएको सुनकोशी मासि डाइभर्सन आयोजनाले स्थानीय प्रभावित जनतासँग जग्गा अधिग्रहण मुआब्जा जस्ता विषयमा छलफल नगरेको भन्दै स्थानीय माझीहरु आन्दोलित भएका हुन्।

रामेछाप सिन्धुलीका प्रभावित क्षेत्रका जनताहरुले हक रक्षा गरिदिन शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्।

आयोजनाले स्थानीय आदिवासीको धार्मिक सांंस्कृतिक पक्षलाई बेवास्ता गर्दै निर्माण कार्य अगाडि बढाएको भन्दै स्थानीयहरु लामो समयदेखि आन्दोलित भएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराउन आएका आदिवासी माझीहरुले सरकारले स्थानीयको मागलाई बेवास्ता गरेर आयोजना अगाडि बढाउन नसक्ने बताएका छन्।

सरकारले प्रभावित क्षेत्रका माझी समुदायसँग समुदायको स्वतन्त्र अग्रिम र सूचित मन्जुरी लिएर मात्र काम अगाडि बढाउन पनि माग गरेका छन्।

आयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी १६९ अनुसार आदिवासी जनजाती हित सम्बद्ध अन्तर्राष्ट्रिय सम्झौता पालना गर्न पनि माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad