बैंक अफ काठमाण्डू (बीओके) क्यापिटल लिमिटेडको बिशेष साधारण सभा सम्पन्न भएको छ।
शुक्रबार सञ्चालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थाको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जनालाई निर्बिरोध सञ्चालक नियुक्त गरेको छ।
साथै संस्थाको ७० औं सञ्चालक समितिको बैठकले महेश मिश्रलाई पुनः ४ वर्षको लागि अध्यक्ष नियुक्त गरेको बीओके क्यापिटलले जनाएको छ।
समितिको अध्यक्षमा बैंक अफ काठमान्डुका प्रतिनिधि महेश मिश्र, सदस्यमा बैंक अफ काठमान्डुकै प्रतिनिधि चन्द्रराज शर्मा र दिपक गौतम र रबिन्द्र बल्लब पन्त (प्रतिनिधि सि.एफ.एस रेमिट प्रा.लि) चयन भएका छन्।
3
Shares

प्रतिक्रिया