ad ad

कारोबार


वाणिज्य बैंकको नाफा १ अर्ब ७४ करोड, यस्तो छ दोस्रो त्रैमासिक वित्तीय विवरण

वाणिज्य बैंकको नाफा १ अर्ब ७४ करोड, यस्तो छ दोस्रो त्रैमासिक वित्तीय विवरण

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ७:४३,

राष्ट्रिय वाणिज्य बैंकले आ.व.२०७७/०७८ को दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरणहरु सार्वजनिक गरेको छ।

नेपाल सरकारको अधिकांश स्वामित्व रहेको बैंकले यस अवधिमा १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ।

गत आ.व.को सोही अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा बैंकको कुल समग्र आम्दानी २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी ३ अर्ब ९१ करोड, कुल सञ्चालन आम्दानी ४ अर्ब ६५ करोड तथा खुद सञ्चालन आम्दानी ४ अर्ब ५० करोड, सेयरधनी कोष २५ अर्ब ४७ करोड, लगानी ७४ अर्ब ५८ करोड पुगेको छ।

२०७७ पुस मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी १ खर्ब ६२ अर्ब पुगेको छ।

अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित वृद्धि भएको छ।

२०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५.६१ प्रतिशत, स्प्रेडदर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिक प्रतिसेयर आम्दानी ३८.८४ रहेको छ।

आ.व.२०७७÷७८ को दोस्रो त्रैमासिकसम्मको समीक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, सेयरधनी कोष, लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको पनि वाणिज्य बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .