एभरेष्ट बैंक लिमिटेडले केटु हिमाल आरोही नेपाली टोलीलाई सम्मान गरेको छ।
निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीले इतिहासमै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटु हिमालको सफल आरोहण गरेको थियो।
बैंकले एक कार्यक्रमको आयोजना गरी सफल आरोहीहरुलाई सम्मान गरेको हो।
उक्त पर्वतारोहण टोली मध्यका मिङ्ग्मा डेविड शेर्पा एभरेष्ट बैंक लि.का ब्राण्ड फेसको रूपमा आबद्ध हुँदै आएका छन्।

प्रतिक्रिया