कारोबार


आइएमई र यूनिमोनी कतारबीच रेमिटेन्स सेवा विस्तारसम्बन्धी सम्झौता

आइएमई र यूनिमोनी कतारबीच रेमिटेन्स सेवा विस्तारसम्बन्धी सम्झौता

नेपालखबर
माघ १४, २०७७ बुधबार १३:३६,

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी कतार र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ।

समझदारीपछि यूनिमोनी कतार मार्फत रेमिटेन्स गर्ने नेपाली नागरिकले सिधैँ प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन्। यो सम्झौतापछि यूनीमोनी कतारबाट नेपालको आइएमई पे मा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ।

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्वपूर्ण फड्को हो। यसबाट कतारमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ। यस अवसरले सेवाग्राहीहरूलाई यूनिमोनी कतारबाट पठाएको रेमिटेन्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ।

रोजगारीका वा व्यापार व्यवसायका लागि कतारभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले यूनिमोनी कतारबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफूलाई निकै खुशी लागेको यूनिमोनी कतारका महाप्रवन्धक फ्ल्योद जोहनीले बताए। आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिटेन्स नेपाल पठाउन सकिने महाप्रवन्धक जोहनीले बताए।

आइएमई पे ब्राण्डको प्रवद्र्घित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्वपूर्ण रहेको बताए। कतार नेपाल भित्रिने रेमिटेन्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिटेन्समा कतारको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे।

वार्षिक आठ खर्बभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ। यूनिमोनीका लागि नेपालको रेमिटेन्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ। सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले यूनिमोनी कतार मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रति कारोबार रू. ६० सम्म क्यासब्याक पाउन सक्नेछन्।

रेमिटेन्स सेवाका लागि पर्यावाची नाम आइएमईलाई विश्वमा छरिएर रहेका नेपालीहरूले एउटा भरपर्दो कम्पनी मान्दै आएका छन्। आइएमई यो बजारको पहिलो र धेरै संजाल भएको नेतृत्वदायी रेमिटेन्स कम्पनी हो। जसले विगत दुई दशकदेखि निरन्तर स्तरीय रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न सुरक्षा सतर्कतालाई ध्यानमा राख्दै आइएमईले रेमिटेन्स रकम आफ्नै मोबाइल वालेटमा वा विभिन्न माध्यमबाट आफ्नै घरमा प्राप्त गर्न आवश्यक प्रवन्ध मिलाइएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए। जब कोरोना महामारीको स्थिति सामान्य हुन्छ त्यसपछि उक्त रकम आफूलाई पायक पर्ने आइएमईका एजेन्ट आउटलेटबाट प्राप्त गर्न सकिन्छ, ढकालले थपे।

यूनीमोनी कतार कतारको केन्द्रीय बैंकबाट इजाजत प्राप्त एक नेतृत्वदायी एक्सचेन्ज हाउस हो। यूनीमोनी कतारले विभिन्न देशहरूमा निर्वाध रुपमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ। यसका शाखा संजालाहरुबाट बर्षको तीन सय पैसठ्ठी दिननै सेवा उपलब्ध हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad