ad ad

कारोबार


निजी क्षेत्र र भन्सार एउटै सिक्का हुन्ः अर्थमन्त्री पौडेल

निजी क्षेत्र र भन्सार एउटै सिक्का हुन्ः अर्थमन्त्री पौडेल

नेपालखबर
माघ १३, २०७७ मंगलबार ७:२०,

निजी क्षेत्रले भन्सार र भन्सारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्ने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।

उनले ६९औँ भन्सार दिवसको अवसरमा भन्सार व्यापार सहजीकरण गर्ने निकाय भएकोले निजी क्षेत्रको समस्या पनि सम्बोधन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘भन्सार र निजी क्षेत्र एकै सिक्काका दुई पटा हुन्, तर एक पाटो हेर्दा अर्को पाटो देखिँदैन त्यसकारण बेलाबेलामा पल्टाई पल्टाई हेर्नुपर्ने हुन्छ। न्यून बीजकीकरण र राजस्व चुहावटमा उद्योगी व्यवसायीले नै सहयोग गर्नुपर्ने हुन्छ।’

मन्त्री पौडेलले व्यापार सहजीकरणको लागि भन्सार प्रशासन पनि सहयोगी बन्नुपर्ने उल्लेख गरे।

६९औँ भन्सार दिवसको अवसरमा अर्थमन्त्री पौडेलले यो भन्सार दिवस स्मरणीय रहने बताए। भन्सार विभागले एकद्वार प्रणाली सेवा सुरु गरेको सन्दर्भलाई लिएर अझ प्रविधिको विकास गर्नुपर्ने बताए।

त्यस्तै उनले भन्सार विभागले जसरी आपूर्ति शृङ्खलालाई आपूर्ति व्यवस्थापनमा कोरोनाको संकटमा काम गरेको छ, त्यसलाई धन्यवाद व्यक्त गरे।

सरकार पछिल्लो समय पछिल्लो समय निःशुल्क रुपमा कोरोना भ्याक्सिन उपलब्ध गराउनुपर्ने तथा लक्षित समुदायमा काम गर्नुपर्ने जस्ता योजनामा काम गरेको जानकारी व्यक्त गर्दै त्यसले आर्थिक क्रियाकलापमा सहयोग गर्ने बताए।

मुलुक निर्वाचनतर्फ अघि बढेको बताउँदै उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेको नै निर्वाचन भएको बताए। निर्वाचन समयमै हुने भन्दै उनले त्यसमा शंका नगर्न आग्रह गरे।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भन्सारतर्फको सबै भुक्तानी अनलाइन प्रणाली हुनुपर्ने बताए।

उनले भने, ‘त्यसले सरकारी निकाय तथा निजी क्षेत्रको समय बचत हुनेछ।’

मालवस्तुको मूल्याङ्कन र वर्गीकरणमा सुधारको आवश्यकता रहेको उनको भनाइ छ। भन्सार सन्दर्भ पुस्तिका पुस्तिकामा नै सीमित हुनपर्ने उनको भनाइ थियो।

कार्यक्रममा अर्थसचिव शिशिर ढुंगानाले भन्सारको सबैभन्दा बहसको विषय वर्गीकरण र मूल्याङ्कन भएकोले आज पनि त्यही बहस र भोलि पनि त्यही कुरा हुने बताउँदै त्यसमा सुधार गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .