चौधरी ग्रुपअन्तर्गतको सीजी इम्पेक्स प्रालिले उच्च प्रविधियुक्त एआई वासिङ मेसिनहरु नेपाली बजारमा ल्याएको छ। कम्पनीले एलजी एआई डीडी मोटर भएको कपडा धुने मेसिन बजारमा ल्याएको हो।
यसमा पछिल्लो नयाँ प्रविधि रहेको कम्पनीले जनाएको छ। यसले कपडाको तौल, कोमलता, नाजुकताजस्ता पक्ष पत्ता लगाई कपडा धुलाइ गर्दछ। साथै कपडाको गुणस्तर १८ प्रतिशतले जोगाउने कम्पनीको दाबी छ।
मेसिनमा स्टिम प्लस प्रविधि पनि छ। यसले कपडाको रेसाभित्रका ९९ प्रतिशत किटाणु नष्ट गर्ने र हाइजेनिक वास दिने काम गर्ने कम्पनीले जनाएको छ।
मेसिनमा इन्भर्टर पम्प प्रविधियुक्त टर्बो वास ३६० डिग्री र फोर हाइ स्पिड स्प्रे नोजल रहेको छ। मेसिनले उच्च र कम गति आवश्यकताअनुसार पानीका फोहोरा फाल्छ र ३९ मिनेटमा वास साइकल पूरा गर्ने भएकोले बिजुली र समयको बचत हुने कम्पनीले जनाएको छ।
मेसिनमा मिसअलाइन्ड १०० प्रतिशत स्टेनलेस स्टिल लिफ्टर छ। यसले कपडाको गुणस्तरमा क्षति पुर्याउँदैन। मेसिनमा रहेको टेम्पर ग्लास डोर, आकर्षक डिजाइन, वास साइकल छान्ने मेटालिक नब र ठूलो एलईडी डिस्प्लेजस्ता विशेषता छन्।

प्रतिक्रिया