ad ad

कारोबार


एक करोड १७ लाख राजस्व संकलन

एक करोड १७ लाख राजस्व संकलन

नेपालखबर
माघ ८, २०७७ बिहिबार ५:२६,

जिल्ला प्रशासन कार्यालय तनहुँले रु एक करोड १७ लाख २१ हजार राजस्व संकलन गरेको छ। कार्यालयले आव ०७७/०७८ को साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जनाएको छ।

राहदानी शुल्कबापत रु ९२ लाख १० हजार ५ सय, न्यायिक दण्ड, जरिवाना र जफत शुल्क रु १६ लाख ९१ हजार, कम्पनी संस्था रजिष्टे«शन नवीकरण शुल्क रु पाँच लाख ३६ हजार २२० संकलन गरेको छ। त्यसैगरी प्रशासनिक दण्ड, जरिवाना,जफत शुल्क रु दुई लाख आठ हजार ९ सय, हातहतियारको इजाजतपत्र दस्तुर रु ६५ हजार ६५० र अन्य प्रशासनिक सेवा शुल्क रु आठ हजार ७३० गरी उक्त राजस्व संकलन गरेको हो।

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र चार हजार ३४५, प्रतिलिपि नागरिकता दुई हजार १३४ नाबालक परिचयपत्र ११०, अंगीकृत दुई र एउटा नागरिकता रद्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।

त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका राहदानी एक हजार ९ सय, दू्रत सेवा सिफारिस ४ सय, राहदानी वितरण एक हजार २६१ रहेको छ। कार्यालयले विपद् पीडितका लागि रु बाह्र लाख ५९ हजार सहयोग गरेको छ। कार्यालयमा ४१ मुद्दा दर्ता भएकोमा सबै मुद्दा फछ्र्यौट भएको सो कार्यालयले जनाएको छ।

त्यसैगरी कार्यालयले अन्य सिफारिस एक हजार ६०७, आदिवासी जनजाति प्रमाणित ८०८, पेन्सन सिफारिस ६६४ र दलित प्रमाणित १०३ सिफारिस गरिएको जनाएको छ। संस्था नवीकरण ४४८, हातहतियार नवीकरण ११५, हातहतियार नामसारी तीन, तिब्बती शरणार्थी परिचयपत्र नवीकरण १४०, संस्था नयाँ दर्ता ११, शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस एक जनालाई गरिएको छ।

कोरोना भाइरसको संक्रमणका कारण लामो समय सेवा प्रवाह रोकिन पुगेका कारणले राजस्व संकलनमा कमी आएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए। रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको लकडाउनको आदेशपश्चात् रोकिएका विकास निर्माणका काम सुरक्षाका मापदण्ड अपनाएर शुरु गर्न लगाइएको प्रजिअ आचार्यले जानकारी दिए।

जिल्लाभित्रका राष्ट्रिय आयोजना तथा प्राथामिकतामा रहेका योजना तथा आयोजना र अन्य निर्माणका कार्यलाई क्रमशः अघि बढाउन सहजीकरण गर्दै अघि बढिएको प्रशासन कार्यालय तनहुँले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .