बेलायती बैंक एचएसबीसीले चार हजार कर्मचारी कटौती गर्ने भएको छ।
सोमबार एक सूचना सार्वजनिक गर्दै एचएसबीसीले कर्मचारी कटौती गर्नेबारे जानकारी दिएको हो।
एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताएका छन्।
“हामीले बैंकलाई पुन : संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले भने।
एएफपीका अनुसार स्टेभेनले रोजगारी कटौती अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताए।
बेलायतले यूरोपेली यूनियन (इयू) बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ।

प्रतिक्रिया