कारोबार


‘कोक र खाना’ ले आफ्नो प्रियजनसँग एकसाथ खाना बाँड्दाको खुशी मनाउँदै

‘कोक र खाना’ ले आफ्नो प्रियजनसँग एकसाथ खाना बाँड्दाको खुशी मनाउँदै

नेपालखबर
माघ ४, २०७७ आइतबार १५:२७,

हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडी फर्केर हाम्रो वरिपरिको संसार पुनः पत्ता लगाउने अवसर प्रदान गरेको छ।

साथीहरू र परिवारसँग खानाखाने जस्ता साधारण चीजहरूले नयाँ महत्व पाएका छन्। यो अन्तर्दृष्टि कोका–कोलाको ‘कोक र खाना’ अभियानमा रुपान्तरण भएकोहो जहाँ नेपालमा कोककोसाथ खानाका क्षणहरूको आनन्द र खुशी मनाइन्छ, र ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’भन्ने नारा सहितयसले कोकसँग खाँदा साधारण खानापनि स्वादिष्ट बन्छ भन्ने सन्देशलाई यो अभियानले पुनःस्थापना गरेको छ।

विगत ५ वर्षदेखि कोका–कोलाले मोःमोःउत्सव पर्वको रुपमा कोक र खानाको संयोजनलाई मनाउँदै आइरहेको छ। यस वर्षको अभियानमा भनेको कोका–कोलाले मःमः को साथै हरेक खानामा कोकले थप्ने स्वादको उत्कृष्टता मनाउँदै छ।

यस अभियानको बारेमा बोल्दै नेपालका लागि कोका–कोलाका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘यो अभियान घरमै खाना र विशेष क्षणहरू साट्ने बारेमा हो, र यसले कोकको खानासँगको सम्बन्धमा प्रकाश पार्छ। हामी यस अभियानलाई एक ठूलो, एकताबद्ध भावको रूपमा देख्छौँ जुन अहिलेको समय र ब्रान्ड दुबैको लागि उपयुक्त छ। कोक र खाना एक उत्कृष्ट जोडी हो र हामी हाम्रा उपभोक्ताहरूलाई उनीहरूको आफ्नै कोक र खानाको संयोजनका साथ स्वाद र आफ्नोपनको खुसी बढाउन प्रोत्साहित गर्न चाहन्छौँ।’

कोक र खाना पहिलेको कोक र मःमः अभियानको एक विस्तारण हो र यसले खानासँग कोकको सम्बन्धलाई थप जोड दिन्छ। यस अभियानको विज्ञापनमा लोकप्रिय अभिनेत्रीहरू सम्रगी आरएल शाह र अलिशा राई, र गायिका केन्जल श्रेष्ठ, जे अथर र आइजन छन्, र सो विज्ञापनमा कोकका साथ गुण्स्तरीय खाना टाइमजीवनमा कसरी ल्याउन सकिन्छ भनेर देखाइएकोे छ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कोक र खाना अभियान विश्वव्यापी रूपमा सफल भएका छन् र हामीले कोका–कोलालाई कुनै पनि प्रकार खानाको लागि उत्तम साझेदारका रूपमा स्थापित गरेकाले हामी यसलाई नेपालमा ल्याउन पाउँदा खुसी छौं। यो अभियानको छैठौं वर्षमा आइपुग्दा, हामी ‘खाना जे होला, स्वाद बढाउन कोका–कोला’ भन्ने सन्देश प्रवाह गर्न पाउँदा खुसी छौं। यो सन्देशले उपयुक्त खानाको संस्कार र खानाको समयको साथलाई प्रतिबिम्बित गर्दछ।’

कोकाकोला कम्पनी नेपालले यस अभियानभरि आफ्ना उपभोक्ताहरूका लागि थुप्रै आश्चर्यजनक योजनाहरु बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad