कारोबार


बसको टिकट भुक्तानी क्यूआरबाट

बसको टिकट भुक्तानी क्यूआरबाट

नेपालखबर
माघ ४, २०७७ आइतबार १३:२६,

लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरि एक थप सुविधा ल्याएको छ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाई मनि–वालेट बाट क्यूआर स्क्यान गरि फोन पे नेटवर्क अन्तरगत भुक्तानी गर्न सकिनेछ। क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डुको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ।

क्यूआर पेमेन्टले ग्राहकहरुलाई छिटो एवम् छरितो सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको छ। लक्ष्मी बैंकले विगतमा क्यूआर पेमेन्ट लाई अस्पताल, शपिङ्गमल, इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना ठूला ब्यापारिक संस्थाहरुमा सञ्चालन गदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad