कारोबार


दरबारमार्गको सामसङ डिजिटल प्लाजा अझ विस्तार हुँदै

दरबारमार्गको सामसङ डिजिटल प्लाजा अझ विस्तार हुँदै

नेपालखबर
माघ १, २०७७ बिहिबार १५:२३,

सामसङ इलेक्ट्रोनिक्स तथा घरयासी उपकरणहरुको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले दरबारमार्गको डिजिटल प्लाजालाई अपग्रेड र विस्तार गरेको छ।

करिब ४३०० स्क्वायर फिटमा फैलिएको यो शोरुम नेपालको शोरुमहरु मध्ये एक ठुलो शोरुममा पर्दछ।

सामसङ इलेक्ट्रोनिक्स लि. का भाईस प्रेसिडेन्ट सुंग जुन पार्कले शोरुमको उद्घाटन गरेका छन्।

सामसङ प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पुर्‍याउँदै आइरहेको छ।

सामसङ डिजिटल प्लाजामा किउएलईडी टीभी, एलईडी टिभी, रेफ्ररिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, मोबाइल फोन जस्ता सामसङ्गका उत्पादनहरु रहेका छन्।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यका भित्र रहेका ६ वटा सामसङ डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ डिजिटल प्लाजा मार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ।

यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad