कारोबार


सार्क चेम्बर क्राफ्टमा नयाँ नेतृत्व

सार्क चेम्बर क्राफ्टमा नयाँ नेतृत्व

नेपालखबर
पुस २९, २०७७ बुधबार १५:२६,

‘सार्क चेम्बर क्राफ्ट भिलेज नेपाल’को आज सम्पन्न १५औँ साधारणसभाले शारदा रिजालका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिका सञ्चालक सदस्यमा निता रेग्मी, शोभा ज्ञवाली, ऋतु स्थापित, रीता भण्डारी, भवानी राणा, छाया शर्मा, प्रमिला रिजाल, चित्रबहादुर केसी, रनिव अमात्य र निरु रायमाझी चयन भएका छन्।

सो संस्थाले दक्षिण एशियाली मुलुकका महिला उद्यमीले उत्पादन गरेका सामानको बजारीकरण, प्रवद्र्धन तथा आयातनिर्यात गर्नेछ।

नेपालका महिला उद्यमीले उत्पादन गरेका खाद्यान्न, लत्ताकपडा, सौन्दर्य र हस्तकलाका सामान अन्य मुलुकमा पठाइने गरिएको छ। चार वर्षका लागि निर्वाचित अध्यक्ष रिजालले कोभिड–१९ का कारण प्रभावित बजार व्यवस्थालाई अनलाइन माध्यमबाट विस्तार गराउन आफूले पहल गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad