कारोबार


कुमारी बैंक र प्रभु हस्पिटलबीच सेवा शुल्कमा २० प्रतिशत छुट दिने सम्झौता

कुमारी बैंक र प्रभु हस्पिटलबीच सेवा शुल्कमा २० प्रतिशत छुट दिने सम्झौता

नेपालखबर
पुस २८, २०७७ मंगलबार ५:३९,

कुमारी बैंक लिमिटेड र वीरगन्जस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ।

ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले रिसर्च सेन्टरसँग सम्झौता भएको हो।

कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता–पत्रअनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा २० प्रतिशत र औषधिमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad