समाज


कोरोना संक्रमणबाट कांग्रेस नेता तिमिल्सिनाको निधन

कोरोना संक्रमणबाट कांग्रेस नेता तिमिल्सिनाको निधन

नेपालखबर
पुस २८, २०७७ मंगलबार ५:३४,

नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना संक्रमणबाट निधन भएको छ।

उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो।

कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उनको निधन भएको हो।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो। विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो।

उनी साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेरका थिए। सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील थिए।

उनी रेडियो देवघाटको अध्यक्ष समेत थिए। नेपाल रेडक्रस सोसाइटीलगायत सामाजिक संघ–संस्थामा उनको संलग्नता थियो। उनका दुई छोरा र दुई छोरी छन्।

सभापति श्रेष्ठले नेता तिमिल्सिनाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए। उनको आजै निवास भरतपुर–५ बाट शवयात्रासहित देवघाटमा अन्त्येष्टि गरिँदैछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad