ad ad

कारोबार


उत्पादन बिक्री घटेपछि मारुती सुजुकीद्वारा ६ प्रतिशत कर्मचारी कटौती

उत्पादन बिक्री घटेपछि मारुती सुजुकीद्वारा ६ प्रतिशत कर्मचारी  कटौती

नेपालखबर
साउन १९, २०७६ आइतबार १०:१५,

मारुती सुजुकी इन्डिया लिमिटेडले ६ प्रतिशतले कर्मचारी कटौती गरेको छ। गत अप्रिलदेखि कर्मचारी कटौती तीव्र पारेको कम्पनीले हालसम्म १ हजार १ सय ८१ कर्मचारी कटौती गरिसकेको छ। कम्पनीमा करिब १८ हजार ८ सय ४५ जना रहेका छन्। तीमध्ये ६ प्रतिशत कर्मचारी कटौती गरेको कम्पनीले जनाएको छ।

मासिक १ लाख ५० हजार युनिटभन्दा बढी कार बिक्री गर्दै आएको मारुती सुजुकीको जुलाई महिनाको बिक्री ९६ हजार युनिट रहेको कम्पनीले बताएको छ। दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारी कम्पनीले कटौती गरेको हो। नौ महिनादेखि बिक्रीमा आएको गिरावटले भारतीय अटो बजारमा असर गरेको छ।

कम्पनीले २०१९ को पहिलो छ महिनामा १०.३ प्रतिशतले उत्पादन पनि घटाएको छ। जसको कारण कामदार कटौतीमा जानुपरेको कम्पनीको दाबी छ। सन् २०१८ को तुलनामा सो अवधिमा कम्पनीको व्यापार ३३ दशलमव ५ प्रतिशत घटेको छ। लाइभमिन्ट डटकमबाट। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .