ad ad

कारोबार


४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको काम गर्न स्वीकृति, कुन-कुनले पाए? (सूची)

४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको काम गर्न स्वीकृति, कुन-कुनले पाए? (सूची)

नेपालखबर
पुस २३, २०७७ बिहिबार ११:१५,

नेपाल धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न बोर्डले स्वीकृति प्रदान गरेको छ।

योग्य संस्थागत लगानीकर्ताको लागि बोर्डले इच्छुक संस्थाहरुलाई स्वीकृतिको लागि निवेदन दिन सूचना आह्वान गरेको थियो। सोअनुसार ६२ वटा संस्थाले बोर्डमा निवेदन हालेका थिए। तीमध्ये ४६ संस्थालाई स्वीकृति दिइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

यसअघि नै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ।

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सुसूचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ।

कुन कुन परे? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .