ad ad

कारोबार


लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इ–सेवाबाट भुक्तानी गर्न सकिने

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता इ–सेवाबाट भुक्तानी गर्न सकिने

नेपालखबर
पुस २०, २०७७ सोमबार ६:४९,

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम इ–सेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्।

इ–सेवाले ग्रामिण भेगमा रहेका लघुउद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उदेश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई इ–सेवामा आबद्ध गर्दै लगेको छ। अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले हस्ताक्षर गरेका छन्।

इ–सेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इ–सेवा एकाउन्ट नभएका सदस्यले नजिकको इ–सेवा जोन, पोइन्ट तथा इ–सेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन्।

योसँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ। सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन।

अहिलेको विषम परिस्थितीमा भिडभाडमा जान नपर्ने भएपछि कोरोना जस्ता संक्रात्मक रोगबाट हुने जोखिम पनि न्यूनिकरण हुनेछन्।

इ–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। इ–सेवा मार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।

इ–सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इ–सेवामा सहजै रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था राष्ट्रिय स्तरको लघुवीत्त संस्था हो। लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस वित्तीय संस्थाका ७२ वटा शाखा रहेका छन्। संस्थाले हाल साढे ५ अर्ब कर्जा लगानी गरेको छ भने डेढ अर्ब भन्दा धेरै बचत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .