एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चोक, चितवनमा आफ्नो १००औँ शाखाको उद्घाटन गरेको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चोक शाखाको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत नेगीले हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने आश्वासन दिए।
यस अघि बैंकले दाङको घोराहीमा आफ्नो ९९औँ शाखा स्थापना गरेको थियो। घोराही स्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव पौडेल र घोराही उपमहानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरे।
स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन्।
देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय, १३२ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

प्रतिक्रिया