ad ad

कारोबार


लोडसेडिङ फर्किंदैन, चिन्ता गर्नुपर्दैन : नेपाल विद्युत् प्राधिकरण

लोडसेडिङ फर्किंदैन, चिन्ता गर्नुपर्दैन : नेपाल विद्युत् प्राधिकरण

नेपालखबर
पुस १७, २०७७ शुक्रबार १:११,

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बिदा भएयता केही समयदेखि बेलाबेला बत्ती झ्याप्प झ्याप्प जान थालेपछि फेरि लोडसेडिङ सुरु भएको हो कि भनेर आम उपभोक्ता चिन्तामा परेका छन्।

तर विद्युत् प्राधिकरणले लोडसेडिङ ३ वर्षअघि नै अन्त्य भइसकेकाले अब नदोहोरिने दाबी गर्दै स्पष्टीकरण दिएको छ।

केही दिनयता सञ्चारमाध्यमले अघोषित लोडसेडिङ सुरु भएको भनेर प्रकाशन/प्रसारण गरिरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमा भनिएकाे छ- ‘नेविप्रा (नेपाल विद्युत् प्राधिकरण) ले ३ वर्ष अघिदेखि नै लोडसेडिङ अन्त्य गरिसकेको,  फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको र देहायको अवस्थामा छोटो समयका लागि विद्युत् आपूर्तिमा अवरोध हुन गएको व्यहोरा आम विद्युत् उपभोक्ता, मिडियाकर्मी, पत्रकार र सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’

यस्तो छ विज्ञप्ति :

bibigyapti

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .