ad ad

कारोबार


सातै प्रदेशमा पैंचो उत्पादन, यसै वर्ष पोखरामा भेजिटेबल मार्ट खोल्ने

सातै प्रदेशमा पैंचो उत्पादन, यसै वर्ष पोखरामा भेजिटेबल मार्ट खोल्ने

प्रकाश न्यौपाने
पुस १५, २०७७ बुधबार ११:४३,

६ वर्ष पहिला पहाडी र उच्च पहाडी कृषि उपजको बजारीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको पैंचो पसलले ६ वर्षका बीचमा नेपालका ७ वटै प्रदेशमा पहाडी र उच्च पहाडी कृषि उपजबाट उत्पादित खाद्य सामग्री उपलब्ध गराउन सफल भएको जनाएको छ। नेपालमा कृषिमा आधारित एकमात्र प्रशोधन केन्दमार्फत पहाडी उच्चपहाडी क्षेत्रमा पैंचोले अर्गानिक कृषि उपज उत्पादन गर्दै आएको छ ।

स्थानी किसानलाई कृषिमा आबद्ध गराई उनीहरुको उत्पादन खरिद गरेर प्रशोधन गरी पैंचो पसलमार्फत् बिक्री गरिँदै आएको छ। गुल्मी लगायतका जिल्लामा पैंचोको हौसलाका कारण कयौं स्थानीयले रोजगारी पाएका छन् भने कृषिमा आबद्धता जनाएका छन्। पैंचो पसल स्थापना भएको ६ वर्ष पुगेको छ।

वार्षिक उत्सवको अवसरमा पैंचोले यो वर्ष रक्तदान, बेसहारासँग सामूहिक भोजन, बजार सरसफाई, मठमन्दिर संरक्षण लगायतका काम गरेर मनाएको छ। बुधबार पैंचोको रुपन्देहीमा रहेका सुख्खानगर, मणिग्राम र होराइजन शाखाको संयोजनमा रक्तदान गरिएको छ। पसलको कर्पोरेट कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन्।

बुटवलस्थित नेपाल अपाङ्ग आश्रम देवीनगरका आश्रीतहरुसँग आजै पैंचोका संचालकहरुले सहभोज गरेका छन्। आश्रममा आश्रित ३० बढी शारीरिक कमजोरी रहेकाहरुसँग पैंचोका अध्यक्ष दुर्गाप्रसाद भण्डारी, बिष्णु ज्ञवाली, पदम बन्जाडे, राजन पौडेल लगायतले भोजन गराएका हुन्। त्यस्तै सरसफाई कार्यक्रमअन्तर्गत तानसेन पाल्पा शाखाको आयोजनामा तानसेनको प्रसिद्ध भगवती मन्दिर परिसर तथा बीपी चोकमा सरसफाई गरिएको छ।

उता पैंचोको उत्पादन विभाग, रिडी र अर्गली शाखाले हिन्दुहरुको पवित्रधाम ऋषिकेशधाम सरसफाई गरेको छ। स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा प्रहरीको समेत सहभागितामा ऋषिकेश मन्दिर सरसफाई गरिएको उत्पादन विभाग प्रमुख प्रकाश थापाले बताए। रिडीस्थित संस्कृत विद्यालयका विद्यार्थीहरुलाई न्यानो पोशाक समेत उपलब्ध गराइएको उनले बताए।

raktadan-bhairahawa.jpg

पैंचोको प्रधान कार्यालय रहेको रुरुक्षेत्र–४ वलेटक्सारमा पनि पैंचो आवद्ध किसान, कर्मचारी तथा संचालकहरुले वलेटक्सार बजार सरसफाई गरेका छन्। प्रधान कार्यालयमा आयोजित सरसफाईसहितको कार्यक्रममा यस वर्ष कृषि क्षेत्रमा योगदान गर्ने किसानहरुलाई सम्मान गरिएको थियो।

पैंचोका शाखाहरु रहेको दिगाम, खैरेनी र हुँगामा पनि स्थानीय मठमन्दिर तथा बजार सरसफाई कार्यक्रम सम्पन्न भएको पैंचो पसलका महाप्रबन्धक सुमन बरालले बताए। गुल्मीको सदरमुकाम तम्घासमा पैंचोका कर्मचारीहरुसहितको टिमले बसपार्क सरसफाई गर्नुका साथै उपल्लो तम्घासमा रहेको अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुलाई दिवा भोजन गराएको छन्।

तम्घास शाखाको संयोजनमा भएको सामूहिक भोजन र सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधिसहित उद्योग वाणिज्य संघ तथा होटल पौवाका कर्मचारीहरुले सहभागिता जनाएका थिए। पैंचोले ब्यवसायिक कार्यसहित सामाजिक उत्तरदायीत्व पनि निभाउँदै गएको पैंचोका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताए।

७ औँ वर्ष प्रवेश गर्दै गर्दा पैंचोले आगामी वर्षमा गण्डकी प्रदेशको राजधानी पोखरामा पहाडी तथा उच्च पहाडी तरकारी फलफूलको मार्ट खोल्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .