ad ad

कारोबार


टाटा ग्रुपका पूर्वअध्यक्ष ८३ वर्षीय रतन टाटाले आफ्नो प्रेम कहानी सुनाउँदै भने : मैले बिहे नगरेर ठीकै गरें

टाटा ग्रुपका पूर्वअध्यक्ष ८३ वर्षीय रतन टाटाले आफ्नो प्रेम कहानी सुनाउँदै भने : मैले बिहे नगरेर ठीकै गरें

नेपालखबर
पुस १४, २०७७ मंगलबार ४:१३,

टाटा ग्रुपका पूर्वअध्यक्ष रतन टाटा अहिले ८३ वर्ष पुगे। तर अहिलेसम्म उनी अविवाहित नै छन्। आखिर किन?

यस विषयमा उनले टेलिभजन अन्तर्वार्तामा यसरी बताए : 

मेरो जीवनमा प्रेमले एकपटक होइन, चार-चारपटक ढोका ढक्ढक्यायो। तर अप्ठेरो बेला ती सम्बन्धको डोरो कमजोर बन्यो। त्यसपछि मैले विवाहबारे कहिल्यै सोचिनँ।

तर मैले विवाह नगरेर ठीकै गरें। विवाह गरेको भए स्थिति निकै जटिल हुन्थ्यो।

मेरो कहिल्यै प्रेम बसेन भनेर सोच्नुहोला। तर म चारपटक विवाह गर्नेबारे गम्भीर बनेको थिएँ। तर हरेक पटक कुनै न कुनै कारणले म पछि हटें।

जतिबेला म अमेरिकामा काम गरिरहेको थिएँ, सायद म प्रेममा निकै सिरियस भएको थिएँ। तर हामीले एउटै मात्र कारणले विवाह गर्न सकेनौं किनभने म भारत फर्कें।

प्रेमिका भारत आउन अनिच्छुक भइन्। त्यति नै बेला भारत-चीनको युद्ध पनि सुरु भयो। पछि प्रेमिकाले अमेरिकामै कसैसँग विवाह गरिन्।

अवकाशपछिको जीवन सोख पूरा गरेर बिताउँछु। पियानो बजाउनेछु र विमान उडाउनेछु।

                                 ०००

दिग्गज व्यापारी रतन टाटाको जन्म १९३७ डिसेम्बर २८ तारिख सुरतमा भएको थियो। टाटा ग्रुपका अध्यक्षका रुपमा उनले आफ्नो भिन्न पहिचान बनाए र उत्कृष्ट स्थान हासिल गरे। उनले टाटा ग्रुपलाई नयाँ उचाइमा पुर्‍याए। व्यापारको दुनियाँमा उनले नाम कमाए। 

रतन टाटालाई कारका साैखिन हुन्। उनको निगरानीमा टाटा ग्रुपले ल्यान्ड रोवर, ज्यागुआर, रेन्जरोवर एक्वार बनायाे। टाटा न्यानो पनि रतन टाटाकै कम्पनीले बनाएकाे हाे। रतन टाटालाई विमान उडाउने र पियानो बजाउने साेख छ। 

भारत सरकारले उनलाई पद्म भूषण (२०००) र पद्म विभूषण (२००८) ले सम्मान गरेकाे छ। जुन सम्मान मुलुककाे तेस्रो र दोस्रो सर्वोच्च नागरिक सम्मान हो। एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .