बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटलबीच होटलमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले १५प्रतिशत छुट र रु.तीन हजार पाँच सयमा होटलको कोठा उपलब्ध हुनेछ। सम्झौता अनुसार केही सर्तहरु लागू हुने बैंकले जनाएको छ।
यल्लो प्यगोडा होटलले काठमाडाैं र पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ।
उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरे।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ।
42
Shares
प्रतिक्रिया