ad ad

कारोबार


विदेशी सञ्चिति १५ खर्बमाथि, १५ महिनाको वस्तु आयात धान्न सकिने

विदेशी सञ्चिति १५ खर्बमाथि, १५ महिनाको वस्तु आयात धान्न सकिने

नेपालखबर
पुस ६, २०७७ सोमबार १६:७,

देशभित्र कूल रु १५ खर्ब छ अर्ब छ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ। गत असार मसान्तमा रु १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति ७।४ प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु १५ खर्ब माथि पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा गत कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई १२ अर्ब ६५ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। चालू आवको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.४ महिनाको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १२ खर्ब २६ अर्ब १२ करोड रहेकामा गत कात्तिक मसान्तमा ८.६ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ३२ अर्ब ६ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ७५ अर्ब ७१ करोड रहेकामा गत कात्तिक मसान्तमा एक प्रतिशतले कमी आई रु एक खर्ब ७३ अर्ब ९९ करोड कायम भएको छ। गत कात्तिक मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यस्तै समीक्षा अवधिमा चालू खाता रु २० अर्ब ४६ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ३४ अर्ब १२ करोडले घाटामा रहेको थियो। समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ९।३ प्रतिशतले कमी आई रु चार अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई रु तीन अर्ब ७५ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु चार अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु चार अर्ब ९२ करोड रहेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब १० अर्ब ६५ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २७ अर्ब २९ करोडले बचतमा थियो।

त्यस्तै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५।७३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ।

बैंकका अनुसार २०७६ कात्तिकको तुलनामा २०७७ कात्तिकमा तरकारी उपसमूहको मूल्यवृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १३.७० प्रतिशत रहेको छ। यसैगरी काठमाडौँ उपत्यका ३.३९, तराई ४.६९, पहाड ३.६४ र हिमालमा ४.३२ प्रतिशत मुद्रास्फीति रहेको छ। बैंकका अनुसार २०७६ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ६.५०, ६.०४, ४.५६ र ४.०१ प्रतिशत मुद्रास्फीति रहेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .