चालू आर्थिक वर्षमा कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर अर्थात् मूल्यवृद्धि ४.०५ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.७६ प्रतिशत रहेको थियो। कात्तिक मसान्तम सम्मा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ।
२०७६ कात्तिकको तुलनामा २०७७ कात्तिकमा तरकारी उपसमुहको मूल्यवृद्धि २०.८८ प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.७० प्रतिशत रहेको छ ।
क्षेत्रगत रुपमा सबैभन्दा बढी मूल्यवृद्धि तराईमा
कात्तिक मसान्तसम्ममा काठमाडौं उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाकारी गराएको छ।
42
Shares

प्रतिक्रिया