कारोबार


३० अंकले बढेर बन्द भयो सेयरबजार, साढे ६ अर्बको कारोबार

३० अंकले बढेर बन्द भयो सेयरबजार, साढे ६ अर्बको कारोबार

नेपालखबर
पुस ६, २०७७ सोमबार ९:४८,

कारोबारको सुरुवाती घण्टामा ३ प्रतिशतभन्दा बढीले घटेको सेयरबजार अन्तिममा भने ‘करेक्सन’ हुँदै ३०.३३ अंकले बढेर बन्द भएको छ।

आज ६ अर्ब ६९ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको हो। नेप्से उक्त अंकले बढेर १९६५.९६ विन्दुमा रोकिएको छ। त्यस्तै सेन्सिटिभ सूचक पनि ७.०१ अंकले बढेको छ। आज उत्पादन समूह र जीवन बीमाका सूचकहरु सयभन्दा बढी अंकले उकालो लागेका छन्। व्यापार, होटल र म्युचुअल फन्डका सूचक रातो भए पनि अन्य सूचकहरु थोरै अंकले हरियो छन्।

आज बजारमा २०२ कम्पनीको कारोबार भएको छ। दिनभरिमा ६४ हजार ९ सय ३८ पटक खरिदबिक्री भएको थियो। दिनभरिमा १ करोड २३ लाखभन्दा बढी सेयर बिक्री भएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आज ७२ करोडको सेयर कारोबार भएको छ। त्यस्तै पुनर्बीमाको पनि ५७ करोडको कारोबार भएको छ। यसबाहेक एनआईसी एसिया बैंकको ४४ करोडको, नबिल बैंकको ३१ करोडको, हिमालयन डिस्टिलरीको २७ करोडको र नागरिक लगानी कोषको २१ करोडको कारोबार भएको छ।

आज एनआईसी एसियाका लगानीकर्ताले ९.९० प्रतिशत आम्दानी गरेका छन्। यो नै आजको उच्च आम्दानी हो भने घट्ने कम्पनीहरुले ९.८७ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad