कारोबार


साल्ट ट्रेडिङले कमायाे ७३ करोड १४ लाख नाफा, १० प्रतिशत नगद र २५ प्रतिशत बोनस स्वीकृत

साल्ट ट्रेडिङले कमायाे ७३ करोड १४ लाख नाफा, १० प्रतिशत नगद र २५ प्रतिशत बोनस स्वीकृत

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ८:१८,

साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडको ५३औ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।

कर्पोरेसनले कम्पनी ऐन २०६३ को अधीनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल असार मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेशनले गरेको विभिन्न क्रियाकलापहरुबारे छलफल एवं समीक्षा गरेको हो।

आगामी दिनहरुमा अझ बढी प्रभावकारी ढंगले अगाडी बढन मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको कम्पनीले जनाएको छ।

कर्पोरेशनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्याङ्कन गर्दा नून, रासायनिक मल, लगायत व्यापारिक कारोबार संतोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धिमूलक रहेको कम्पनीले जनाएको छ।

कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरि आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरुको सरल र सहज आपूर्ति गरी सामाजिक उत्तरदायित्व वहन गर्दै ८ अर्ब २५ करोडको कारोबार गर्न सफल भएको छ। उक्त कारोबारबाट कर्पोरेशनले आ.व. २०७५।०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।

कर्पोरेशनले अंगालेको व्यापार विविधीकरणको नीतिअनुरुप कर्पोरेसनको चुक्ता पुजीको आवश्यकतालाई दृष्टिगत गरी यस वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांशबापत १ करोड ५३ लाख ५७ हजार ५ सय ८० रुपैया र ३ करोड ८३ लाख ९३ हजार ९ सय ५० रुपैया बराबरको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

विगत वर्षमा कर्पोरेशने आयात गरेको चिनीमध्ये २५०० मे.टन चिनी भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भंसार विन्दुमा रोकिएको कारण कर्पोरेशनको चिनीको कारोबारमा कमि एवं भंसारमा रोकिएको कारण डेमरेज चार्ज वापत तिर्नु परेको रकमको कारण आर्थिक भार पर्न गएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad