ad ad

कारोबार


ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा

ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार १०:३९,

विश्वमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा परिचित ओपोले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ। सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनीय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ कम्पनीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको जनाएको छ।

डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन्। ‘ओ-फ्यान्स फेस्टिवल’ क्याम्पेन जनवरी १०,२०२१ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।

‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ। नेपालमा सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आदरणीय उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनीय समर्थनका लागि कृतज्ञता ब्यक्त गर्ने सोचका साथ हामीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस उपहार योजनाको घोषणा गरेका हौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन्। सहभागिताका लागि उपभोक्ताले, फोनका लागि : ओफ्यान्स ‘ओएफएएनएस’ ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि : ओफ्यान्स ‘ओएफएएनएस’≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ। यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ।

भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्नेछन्।

विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिने छ। क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ। तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन्।

डिसेम्बर १देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .