ad ad

कारोबार


आईएमई लाइफले ल्यायो चौबीसै घण्टा जानकारी दिने च्याटबट

आईएमई लाइफले ल्यायो चौबीसै घण्टा जानकारी दिने च्याटबट

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ५:४५,

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमित, अभिकर्ता र सरोकारवाला व्यक्ति तथा संघ/संस्थालाई सूचना प्रविधिको प्रयोग गरी कम्पनीको सेवा प्रवाहबारे जानकारी दिन आईएमई लाइफ ३६०–योर भर्चुअल असिस्टेन्ट नामक च्याटबट सञ्चालनमा ल्याएको छ।

यो च्याटबट प्रयोग गर्ने आईएमई लाइफ जीवन बीमा कम्पनीहरुमध्ये नेपालकै पहिलो भएको दाबी गरिएको छ। यो सेवा कम्पनीको वेबसाइटमा उपलब्ध हुने कम्पनीले जनाएको छ। आगामी दिनमा मोबाइल एप्स र मेसेन्जरमा समेत प्रयोगमा ल्याउने कम्पनीले जनाएको छ।

कम्पनीको यो सेवाबाट बीमित र अभिकर्ता प्रत्यक्ष लाभान्वित हुनेछन्। त्यस्तै बीमाबारे बुझ्न चाहनेका लागि पनि च्याटबट उपयुक्त हुनेछ।

‘च्याटबोट सेवामार्फत बीमितले आफ्नो बीमाशुल्क भुक्तानीसम्बन्धी जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नं. परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिनेछ’, कम्पनीले भनेको छ, ‘यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोटमार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन्।’

कोभिड महामारीले सिर्जित प्रतिकूल समयमा यसको उपयोग निकै सहयोगी हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .