नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकवर्गहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति फाइभ गिगाहर्ज डुअल ब्यान्ड राउटरसहितको सेवा प्रस्तुत गरेको छ।
यसअघि २.४ गिगाहर्ज सेवा दिँदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ फाइभजी सेवा सुरु गरेको हो।
इन्टरनेटको बदलिँदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले फाइभ गिगाहर्ज डुअल ब्यान्ड राउटरसहितको सेवा सुरु गरेको हो।
फाइभ गिगाहर्जको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाइ अझ गुणस्तरीय बनाउने कम्पनीको दाबी छ।
ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखी समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया