कारोबार


आयोजनाहरुको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायीको माग

आयोजनाहरुको म्याद एक वर्ष थप गर्न निर्माण व्यवसायीको माग

नेपालखबर
काठमाडौं, मंसिर २२

नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न सरकारसँग माग गरेको छ।

महासंघले १३औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड–१९ का कारण प्रभावित आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्ने बताएका हुन्।

कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने बताए। यस्तै २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फागुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग उनीहरुको छ।

गत असारमा म्याद थप गरिएका आयोजनाहरुमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न समेत सिंहले आग्रह गरे।

यस्तै कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसेको र निर्माण सामग्री आयातमा अझै पनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउनुपर्ने उनले बताए। निर्माण सामग्रीको उपलब्धता नहुँदा महंगी बढेको भन्दै बजार अनुगमन गर्न पनि व्यवसायीले माग गरेका छन्।

निर्माण क्षेत्रलाई चलायमान बनाउन आफुहरु आतुर रहेको तर सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहको भनाइ छ । निर्माण भइरहेका आयोजनाहरुमा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्ने काममा सरकारले ध्यान दिन नसकेको पनि उनले बताए।

मंसिर २२, २०७७, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .