कारोबार


माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणाली सम्बन्धी सम्झौता

माछापुच्छ्रे बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच कर्पोरेट पे प्रणाली सम्बन्धी सम्झौता

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १२:१७,

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ।

उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौतापश्चात माछापुच्छ्रे बैंकका व्यावसायिक ग्राहकहरुले (बिभिन्न संघ संस्था, सरकारी कार्यालयहरु) बैंकको मोवाइल बैंकिङ एप तथा इन्टरनेट बैंकिङ एपमार्फत बैंकमा नगई जहाँकहिँबाट आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, विभिन्न सेवाहरुको भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सकिनेछ।

उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीइएसमा रियल–टाइम वानन–रियल टाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ।

साथै यस प्रणालीबाट कारोबार गर्दा बैंक तथा ‘कनेक्ट पे’ दुबैतर्फबाट सुरक्षाका अधिकतम उपायहरु अपनाईएको हुँदा माछापुच्छ्रे बैंकको डिजिटल माध्यममार्फत हुने कारोबार सुरक्षित र भरपर्दो रहनेछन्।

माछापुच्छ्रे बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी माध्यमहरु प्रदान गर्दै आएको छ र यस कनेक्ट पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई पनि डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।

यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंक शाखा नपुगी विभिन्न भुक्तानी अन्लाइन नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई अझ बढि सहज हुने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad